मोर्चाले आन्दोलनको स्वरुपमा परिवर्तन गर्नुपर्छः महत
काठमाडौं–नेपाली काग्रेसका नेता डा. प्रकाशशरण महतले अर्को पक्ष पुन आन्दोलित हुने गरी नभई सबैलाई मान्य हुने गरी सीमांकन गर्नु पर्ने भन्दै काग्रेस नेतृत्वको सरकारले पेश गरेको संसोधन प्रस्ताव पारित गराएर संसदबाट सहमति खोज्नु पर्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलहरुले आम सहमति बनाईसकेकोले अब मधेसी मोर्चाले मुलुकलाई मानवीय संकटमा फसाउने गरी गरेको आन्दोलनको स्वरुप परिवर्तन गर्नु पर्ने बताए । महतले जनताका आधारभुत अधिकार र लोकतन्त्र खोसिएको बेला जुन सुकै देशको सहयोग पनि लिन सकिने भन्दै अहिले लोकतन्त्र र जनताका आधारभुत अधिकार नभई प्राविधिक विषय मात्रै भएकोले कसैको सहयोग स्विकार्न नसकिने स्पष्ट पारे ।
उनले लक्ष्यद्धिपमा ३५ हजार, सिक्किममा ६ लाख र महाराष्ट्रमा ३७ लाख जनसंख्यामा एक प्रतिनिधी हुने भारतले नेपालमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउन र सोनिया गान्धीलाई विदेशी बुहारी भएकै नाताले प्रधानमन्त्री बन्न नदिनेले नेपालमा अंगिकृत नागरिकले प्रमुख पदमा नियूक्त हुन पाउनु पर्छ भन्ने हैसियत नराख्ने स्पष्ट पार्दै भने ‘अंगिकृत नागरिकता अधिकार होईन, सुविधा हो भन्ने कुरा बुझ्नु पर्छ ।’ उनले थपे,‘ भारत नाकाबन्दीबाट फर्किन बाध्य भयो । अब नेपालले भारत निर्भर होईन ब्यापार विविधिकरण गर्नु पर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण