शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मसाल जुलुस निकाल्ने १२ जना प्रहरी नियन्त्रणमा

बिहीबार, २४ मङ्सिर २०७२, १७ : ५२
बिहीबार, २४ मङ्सिर २०७२

रौतहट– मधेस आन्दोलनको समर्थन गर्दै मशाल जुलुस निकाल्ने मधेस फोर्स नामक संगठनका १२ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजेन्द्र पोखरेलले प्रतिबन्धित र संवेदनशील क्षेत्रमा जुलुस निकालिएकाले पक्राउ गरिएको जानकारी दिए । जुलुस गौर नगरपालिका ६ बाट जिल्ला अस्पताल हुँदै अघि बढ्दै गर्दा प्रहरीले हस्तक्षेप गरि नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा अमर शाह, राजेश शाहलगायत १२ जना रहेको र उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ । जिल्ला संयोजक राजकिशोर यादव लगायतका ५०० जनाको संख्याकामा प्रदर्शनकारी रहेकामा प्रहरीले हस्तक्षेप गरेपछि उनीहरु भागेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप