शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

महोत्सवमा ज्योती मगर र पशुपति शर्माको प्रस्तुती

बिहीबार, २४ मङ्सिर २०७२, १७ : ५५
बिहीबार, २४ मङ्सिर २०७२

धनगढी, मंसिर २४– सुदूरपश्चिम महोत्सवको तेस्रो दिन दर्शकहरुलाई कलाकारहरुले मनोरञ्जन प्रदान गरेका छन् । काठमाण्डौंबाट आएका कलाकार पशुपती शर्मा र गायिका ज्योती मगरले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका हुन् ।

गायिका ज्योती मगरले पिरतीमा दम छ, छाडा हुँदै गएको छ तिम्रो पहिरन जस्ता अनेकौं गीत गाएर बुढा तन्नेरीहरुलाई नचाएकी छिन् । त्यसै गरी पशुपति शर्माले गाएका गीतहरुले पनि सर्वसाधारण दर्शकहरुको मन छुएको थियो । सुदूरपश्चिममा गाउँने ठाडी भाका, खेलिने देउडा लगायतका अनेकौ गीतहरु स्थानीय कलाकारहरुले प्रस्तु गरेका थिए । भोली पनि स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो बेजोड पस्तुती प्रदर्शन गर्ने आयोजक उद्योग बाणिज्य संघले जनाएको छ ।

महोत्सवमा सुदूरपश्चिमका पर्यटकीयस्थल, कृषि, संस्कृति भेषभुषा मनोरञ्जनका साधनहरुलाई प्राथमिकता दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप