शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

धुँवामा निस्सासिएर बालकको मृत्यु

शुक्रबार, २५ मङ्सिर २०७२, ०९ : ३७
शुक्रबार, २५ मङ्सिर २०७२

दाङ – धुवाँले निसास्सिएर दाङमा एक बालकको ज्यान गएकोे छ । प्रहरीका अनुसार तुलसीपुर–१ गोठि खोला बस्ने जोग बहादुर पुनका १० वर्षीय छोरा दिनेश पुन निस्सासिएर ज्यान गएको हो ।

प्रहरीले कोठामा बालेको मैनबत्ती ढलेर टेबुल र लत्ता कपडामा आगो सल्किएपछि निस्सासिएर ती बालकको ज्यान गएको अनुमान गरेको छ । पुनलाई अञ्चल अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याएको केहिछिनमा डाक्टरले मृत घोषणा गरेका थिए । सवको पोष्र्टमार्टम भए पछि थप जानकारी प्राप्त हुने प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप