ललितपुर प्रहरीले भेटेन नवराज सिलवाल !
काठमाडौं– ललितपुर प्रहरीले पूर्व डिआईजी तथा प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई फेला पार्न नसकेको भन्दै काठमाडौं प्रहरीलाई जवाफी पत्र पठाएको छ ।
ललितपुर प्रहरी स्रोतका अनुसार सम्भावित ठाउँमा खोजतलास गर्दा पनि सिलवाललाई पक्राउ गर्न नसकिएको भन्दै जवाफी पत्र काटेको हो ।
गत पुस १८ गते महानगरीय प्रहरी परिसर काठमाडौँले ललितपुर प्रहरीलाई ‘नवराज सिलवाललाई तत्काल पक्राउ गरेर उपस्थित गराइदिन’ भन्दै पत्र काटेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बेल बहादुर पाण्डेले ‘केही कुरा बुझ्नपर्ने भएकाले’ उल्लेख गर्दै सिलवाललाई अविलम्ब उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्र काटेका थिए ।
जवाफी पत्रमा ललितपुर जिल्ला गोदावरी नगरपालिका ४ स्थित घर तथा सम्भावित स्थानमा खोज्दा पनि उनलाई पक्राउ गर्न नसकिएको व्यहोरा उल्लेख रहेको बताइएको छ ।
सर्वोच्च अदालतको आदेशअनुसार सिलवालविरुद्ध काठमाडौं प्रहरीले कीर्ते जाहेरी दर्ता गरेको थियो भने सोहिका लागि उनलाई अविलम्ब उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्र काटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण