सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

काँग्रेसलाई सरकारमा ल्याउन मन्त्री पद छाड्न तयार छु : मन्त्री पोखरेल

शनिबार, ०२ माघ २०७२, १५ : ४६
शनिबार, ०२ माघ २०७२

भक्तपुर - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाली काँग्रेसलाई सरकारमा आउन आग्रह गरेका छन् ।

नेकपा (एमाले) मध्यपुर नगरपालिका– १६ वडा कमिटीले आज लोकन्थलीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले मुलुकको निर्माणमा एकै ठाउँमा बसेर काम गर्नाका लागि काँग्रेसलाई पनि सरकारमा आउन आग्रह गरेका हुन् ।

‘अझै पनि केही बिग्रेको छैन, नेपाली काँग्रेसलाई म आग्रह र आह्वान गर्छु, सरकारमा आउँनुस, म मन्त्री पद छाड्न तयार छु,’ मन्त्री पोखरेलले भन्नुभयो–‘देशको यो सङ्क्रमणकालमा मुलुकको निर्माण गर्न सबै एकै ठाउँमा आउनुपर्छ ।’

वामपन्थी र काँग्रेस सहकार्य तोड्न केही शक्ति लागेकोे र त्यही शक्तिको इसारामा काँग्रेसले सहकार्य तोडेको आरोप लगाउँदै उनले भने–‘काँग्रेसले अर्काको इसारामा एमालेको गठबन्धन तोड्न नहुनेमा तोडियो, यो काँग्रेसको गल्ती हो । भूकम्पपीडितलाई घर बनाउन सरकारले माघ महिनाभित्र पहिलो किस्ता रकम दिने तयारी गरेको बताउँदै उहाँले सरकारले पुनःनिर्माणको काम बजेट फ्रिज नहुने गरी सम्पन्न गर्दै जाने उनको भनाइ थियो ।

नेकपा एमाले मध्यपुर नगरपालिका– १६ वडा कमिटीका अध्यक्ष झपड भण्डारीको सभापतित्वमा भएको सो कार्यक्रममा सहभागीले स्थानीय क्षेत्र र पर्यटनको विकासमा चासो दिन आग्रह गरेका थिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप