सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अख्तियारका नक्कली मान्छे प्रहरी खोरमा

शनिबार, ०२ माघ २०७२, १८ : ०७
शनिबार, ०२ माघ २०७२

काठमाडौं– ‘हामी अख्तियारका मान्छे हौँ, तपाईले नक्कली बिल भपाईको काम गर्नुहुँदोरहेछ, अब तपाईलाई फसाईदिन्छौ’ भन्दै धम्की दिएर पैसाको बार्गेनिङ गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत जनसेवाबाट खटिएको टोलीले शुक्रवार राती साँढे १० बजे उनिहरुलाई पक्राउ गरेको हो । काठमाडौंको बांगेमुढामा सोलार सिस्टमको काम गर्ने विरगञ्ज स्थायी घर भएका राजेश शर्मालाई ‘अख्तियारका मान्छे हौँ’ भन्दै धम्क्याउने चार जनामध्ये दुई जनालाई पक्राउ परेको महानगरीय प्रहरी परिसर काठामाडौंले जनाएको छ । पक्राउ पर्नेहरुमा धादिङ ग्यामरुङका कुसलमन श्रेष्ठ र भारतीय राजस्थानका मुकेश शर्मा रहेका छन् । प्रहरीले पिडीत राजेश शर्मालाई पनि पक्राउ गरेको छ । कुरा नमिले आफ्नो श्रीमतीलाई समेत अपहरण गर्ने धम्कि आएपछि सोलार सिस्टम कम्पनी भ्यालोसिटी इम्पेक्सका संचालक राजेश शर्माले आफ्नो अडिटर मुकेश शर्मालाई कुरा मिलाइदिन आग्रह गरेका थिए । मुकेशले उक्त केशमा छलफल गरी १ लाख नगद दिन आग्रह गरेपछि राजेश शर्माले ‘नक्कली अख्तियारका मान्छे’ लाई पैसा लिन न्युरोड बोलाएका थिए । तर नक्कली अख्तियारका मान्छेले पैसा लिएर खुसिवुको बफेट रेष्टुरेण्टमा बोलाएपछी शर्मा पैसा दिन खुसिबु पुगेका थिए । खुसिबुमा पैसा लेनदेन गर्दैगर्दा प्रहरीको फन्दामा परेका तीनैजना माथि अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विक्रम सिंह थापाले जानकारी दिए । अन्य फरार दुई जनाको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप