काठमाडौँलाई हराभरा बनाउन महानगरपालिकाको यस्तो योजना
काठमाडौँ - काठमाडौँ सहरलाई हराभरा र सुन्दर बनाउनका लागि काठमाडौँ महानगरपालिकाले वृक्षरोपणको कामलाई तीव्रता दिने भएको छ ।
सुन्दरताकै लागि धेरै बोटबिरुवा रोप्ने तयारी रहे पनि कति रोपिने र कुन कुन स्थानमा रोपिने भने यकिन नभएको कामपा, वातावरण प्रशासन महाशाखा प्रमुख गङ्गाधर गौतमले जानकारी दिए ।
प्रमुख गौतमका अनुसार वर्षात्को समय सुरु भएसँगै बोटबिरुवा रोप्ने काम सुरु गरी सामाजिक तथा सांस्कृतिक महत्वका सडक र नदी किनार आसपासमा रहेको सडक छेउमा बोटबिरुवा रोपी सुन्दर बनाइने योजना छ । हाल विस्तार भइरहेको सडकको काम सकिएपछि सोही स्थानमा पनि विरुवा रोप्ने काम गरिने तयारी छ । अहिले त्रिपुरेश्वर, बालाजु, सिंहदरबार र नारायणहिटी दरबार वरपर वृक्षरोपण गर्नका लागि तयारी भइरहेकोे महाशाखाले बताएको छ ।
यसरी वृक्षरोपण गर्दा गत मङ्सिरमा सार्क सम्मेलनका समयमा रोपिएका बिरुवाको पनि संरक्षण हुने विश्वास विभागले लिएको छ । सार्क सम्मेलनका समयमा रोपिएको बोटबिरुवालाई पनि आवश्यकता हेरी दायाँबायाँ राखिने छ । मानिसको भिड धेरै भएको र संरक्षण हुन नसकेको स्थानमा रोपिएको बोटबिरुवालाई अन्यत्र सार्ने काम पनि सोही अवसरमा गरिने बताइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण