नलगाड जलविद्युत आयोजनाको पहुच मार्ग निर्माण कार्य सुरु
जाजरकोट - जजरकोटमा निर्माण हुन लागेको नगलाड जलविद्युत आयोजनको पहुँच मार्ग निर्माण कार्य सुरु गरिएको छ । कुल २१ करोड रुपैयामा निर्माण कार्य थालिएको यो पहुच मार्गको सडक १०.८ किलोमिटर रहेको छ ।
दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता अनुसार २०७१ वैशाख ३१ गते गाल्भा खड्का जेभी निर्माण सेवाले ठेक्का लिएको थियो । निर्माण कार्यको सम्झौता गरेको एक वर्ष पछि पहुँच मार्गको उद्घाटन शनिवार गरिएको छ । निर्माण कार्य सुरु नगररै दुई करोड रकम नलगाड आयोजना वाट लिईएको निर्माण सेवाले अवको वाँकी १ वर्ष भित्र पहुँच मार्ग निर्माण कार्य सम्पन्न गर्नुपर्ने वाध्यता रहेको छ । पावर हाउस निर्माण स्थलदेखी सक्ला अधेरीखोला स्र्थीत ड्याम निर्माण स्थल सम्म निर्माण गरिने यो सडकको वीचमा खारा नजिक पुल निर्माण गरिने छ । आयोजना स्थल सम्म जानका लागी सडक निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएका कारण छिटो निर्माण गर्न स्थानियले माग गरेका छन् । नगलाड सरोकार समितिले ढिलै भएपनि पहुँच मार्ग निर्माणका लागी शनिवार सुरु भएको सडक उद्घाटनवाट आफुहरु खुसी भएको समितिका अध्यक्ष गणेस सिंहले वताए । अव छिटो सडक निर्माण गरि आयोजनाको काम छिटो अगाडी वढाउन सवैमा सिंहले अनुरोध गरे । पाउर हाउस निर्माण स्थलमा जग्गा अधिग्रहण कार्य सम्पन्न गरेको र डयाम स्थलमा जग्गा अधिगरणको काम सुरु गरिने नलगाड जलविद्युत आयोजनका अध्यक्ष शेरवहादुर शाहीले जानकारी दिए । अहिले ४ सय १० मेघावाट विद्युत उत्पादन हुने भनिएपनि विज्ञहरुका अनुसार सवै भन्दा सस्तो रकममा ६ सय मेघावाट सम्म विद्युत निकाल्न सकिने आयोजनाका शाहीले वताए । यो आयोजनाले खगेनकोट, सक्ला र लहँ गाविस लाई छुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण