भैरहवाको बिशेष आर्थिक क्षेत्र : असारभित्र होला सञ्चालन ?
भैरहवा - रुपन्देहीको भैरहवामा रहेको बिशेष आर्थिक क्षेत्र (सेज) उदघाटन भएको १ बर्ष नाघिसक्दा पनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । तत्कालीन उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र उद्योग मन्त्री महेश बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेको सेज, जटिल कार्यविधि तथा महङ्गो शुल्कको कारण सञ्चालनमा आउन ढिलाई भएको उद्योगीहरुको भनाई छ । यस अतिरिक्त सेज सञ्चालन सम्बन्धि स्पष्ट कानूनको अभावमा पनि सेजमा लगानी गर्न ब्यावसायीहरु हच्किरहेका छन् । यस अघि पनि सरकारले “भैरहवा बिशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यबिधि २०७१” ल्याए पनि त्यो ब्यवहारिक नभएको भन्दै उद्यागीहरुले उद्योग स्थापनाको लागी आशय पत्र समेत दर्ता गराएको थिएनन् । कार्यबिधि अनुसार बिभिन्न १७ प्रकारका उद्योगको लागी आशय पत्र माग गरिए पनि जम्मा १२ वटा मात्र आशय पत्र दर्ता भएको बिशेष आर्थिक क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले जानकारी दिए । उनले कार्यबिधिमा केही त्रुटि रहेको स्विकार गर्दै यसलाई संसोधन गरि असार भित्र नै सेज सञ्चालन गर्ने दावी गरे । यस अघि बिशेष आर्थिक क्षेत्रमा स्थापना हुने उद्योगमा ५ करोडको लगानी तथा कम्तिमा ७५ प्रतिशत उत्पादन निर्यात गर्नु पर्ने ब्यावस्था रहेको थियो । कार्यबिधि संसोधन गरि लगानी लाई ५ करोडबाट घटाउने बिषयमा सरकार गम्भिर रहेको भट्टले बताए । यस अघि पनि “भैरहवा बिशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यबिधि २०७१” आउदा रुपन्देहीका उद्योगीहरु हौसिएका थिए । तर कार्यबिधिमा ब्यवहारिकता भन्दा पनि उद्यागीलाई मार पर्ने किसिमको ब्यावस्था रहेको कारण लगानी गर्न हच्किएका सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष राम कुमार शर्माले बताए । सेजमा रहेका जग्गा बाहिर प्रचलित दरमा पाइने जग्गा भन्दा निकै महङ्गो भएको उनको गुनासो छ । यस अतिरिक्त बिशेष आर्थिक क्षेत्रमा स्थापित हुने उद्योहरुको लागी प्रयाप्त बिद्युतको समेत ब्यावस्था नरहेको उनको भनाई छ । यस अतिरिक्त सेजमा कामदार सम्बन्धि स्पष्ट निति नरहेको उद्योगीहरुको भनाई छ । बिशेष आर्थिक क्षेत्रलाई बन्द हडताल मुक्त र कर छुटको ब्यावस्था गर्नु पर्ने समेत उद्यागीहरुको माग रहेको छ । सेजमा काम गर्ने कामदार सम्बन्धि रहेको ब्यावस्था स्पष्ट नभएको र यसलाई सम्बोधन गर्नु पर्ने सिद्धाथै उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बिष्णु शर्माको भनाई छ । यसै गरि ब्यवसायीले लगानी गर्ने बिशेष आर्थिक क्षेत्रमा जग्गा महङ्गो भएको सिद्धार्थ ग्रुपमा कार्यकारी निर्देशक राजेश अग्रवालको भनाई छ । उनले सेजमा छुट्टयाईएका जग्गाहरु बाहिरको चलन चल्तीका मूल्य भन्दा धेरै रहेको गुनासो गरे । ब्यापारीहरुले बिशेष आर्थिक क्षेत्रमा लगानी गर्न उत्सुक नदेखिए पछि यसको कार्यविधिमा संसोधन गरि ब्यापारीहरुका उचित मागलाई सम्बोधन गरिने बिशेष आर्थिक क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक चडिका प्रसाद भट्टले जानकारी दिए । उनले अपेक्षा गरिए भन्दा पनि कम आशय पत्र दर्ता भए पछि अहिले कार्यविधि संसोधन प्रक्रिया अगाडी बढाईएको हो । “अब असार महिना भित्र जसरी पनि सेज सञ्चालन हुन्छ” भट्टले भने । उनले सेजमा स्थापना हुने उद्योगहरुलाई बिभिन्न प्रकारको छुट दिईने ब्यावस्था रहेको बताए । सेजमा स्थापना भएका उद्योगमा उद्योगले गर्ने आयातमा, सेज भित्रका उद्योगबीच हुने व्यापारमा र आन्तरिक बजारबाट हुने खरिदमा मूलय अभिवृद्ध कर नलाग्ने जानकारी दिए । यसै गरि सेजमा रहेका उद्योगहरुलाई अन्तशुल्क नलाग्ने, भन्सार महशुलमा छुट, स्थानिय करहरु नलाग्ने ब्यावस्था रहेको बताए । सेजमा स्थापित उद्योगहरुले पाँच वर्षसम्म शतप्रतिशत त्यसपछिको पाँच बर्षसम्म पचास प्रतिशत आयकर छुट पाउने लगायतको सुविधा समेत रहेको बताए । उद्यागे सचिव सुर्य प्रसाद सिलवालले सेज सम्बन्धि ऐन नआउदा सम्म कार्यविधिलाई ऐन सरह मानी जसरी भए पनि यसै आव भित्र सेज सञ्चालन गरिने बताए । सचिव सिलवालले निर्यात नगरे सम्म अर्थतन्त्रमा सुधार नआउने बताउदै ब्यापार घाटा घटाउन तथा निर्यात बढाउन मुलुकका बिभिन्न स्थानमा सेजको परिकल्पना ल्याएको बताए । बिशेष आर्थिक क्षेत्रमा बिशेष गरि वातावरणलाई असर नगर्ने खालका उद्योग सञ्चालनका लागी स्विकृति दिने सेजका अर्का ईन्जिनियर नारायण रेग्मीले जनाए । सेजमा बिशेष गरि खाद्य उद्योग तथा कृषि जन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका बस्तु, तयारी पोशाक, गलैचा तथा उनि समान, पश्मिना तथा रेशम, हातेकागजका बस्तु गरि १७ किसिमका उद्योग दर्ताको लागी मापदण्ड तथा कार्यबिधि २०७१ ले निर्धारण गरेको बिशेष आर्थिक क्षेत्र बिकास समितिका निर्देशक चण्डिका प्रसाद भट्टले बताए । ५२ बिगाहामा फैलिएको सेजमा ६८ वटा प्लटहरु रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण