नेपाल एसियाली पूर्वाधार विकास बैंकको बोर्डमा छनोट
शनिबार, ०२ माघ २०७२, १७ : २५
काठमाडौं - एसियाली पूर्वाधार विकास बैंकको सञ्चालक समितिको सदस्यमा नेपाल चयन भएको छ ।
चीनको राजधानी बेइजिङमा जारी बैंकको बैठकबाट नेपाल सञ्चालक समितिको सदस्यमा छानिएको हो । सञ्चालक समितिमा एसियाबाट नौ र एसिया बाहेकका मुलुकबाट दुई देश बैंकको सञ्चालक समितिमा छानिएका हुन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार एसियाबाट नेपाल सहित चीन, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया, अस्ट्रेलिया, रुस, भारत, दक्षिण कोरिया र टर्की तथा एसियाबाहेकका मुलुकबाट बेलायत र जर्मनी बैंकको सञ्चालक समिति सदस्य बनेका छन् ।
सम्मेलनमा सहभागी ५७ देशका अर्थमन्त्री तथा प्रतिनिधिले संयुक्त रुपमा स्विच अन गरी बैंकको उद्घाटन गर्नुभएको थियो । त्यसअघि चीनका राष्ट्रपति सि जिन पिङले बैंकको ब्यानरको अनावरण गरेका थिए ।
सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले एसियाली पूर्वाधार विकास बैंंक मार्फत भौतिक आवश्यकता पूरा गर्दै सामाजिक, आर्थिक विकासका निम्ति नेपाल सक्रिय रुपमा सहभागी हुने बताए ।
उहाँले नेपाल बैंकको गतिविधिमा सघन ढङ्गले सहभागी हुने उल्लेख गर्दै बैंकको स्थापनाले एसियाको विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण