अनर्गल माग राखेर जनतालाई मधेसी मोर्चाले भ्रमित गरेको उपप्रधानमन्त्री रावलको आरोप
विराटनगर - उपप्रधानमन्त्री एवम् नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले मुलुकको संविधान प्रगतिशील र अग्रगामी रहनुका साथै दक्षिण एसियाका कुनै मुलुकको संविधानभन्दा कम अधिकार सम्पन्न नरहेको बताएका छन् ।
नेकपा (एमाले) मोरङद्वारा आज विराटनगरमा आयोजित ‘संविधानको घोषणा ऐतिहासिक उपलब्धि, अबको अभिभारा राष्ट्रिय एकता, सुदृढीकरण र समृद्धि’ कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताए ।
मुलुकका सबै वर्ग, समुदाय, धर्म, संस्कृतिका सभासद्को सहभागितामा बनाइएको यो संविधानमा सबैको भावना समेटिएको स्पष्ट पार्दै उनले दलित, मधेसी, आदिवासी, जानजाति, उत्पीडित, महिला र पिछडिएको क्षेत्रका लागि आयोगको व्यवस्था गरिएको बताए ।
संविधान संशोधनको प्रस्तावलाई अझ बढी लम्ब्याउन नहुने भएकाले यस विषयमा नेपाली काँग्रेससँग वार्ता भइसकेको र मधेसी मोर्चालाई समेत प्रस्ताव पारित गराउन भूमिका निर्वाहका लागि आग्रह गरिएको उनले बताए ।
पार्टीका उपाध्यक्षसमेत रहनुभएका उपप्रधान र रक्षामन्त्री रावलले विभिन्न समुदायको प्रतिनिधित्व गरिएको संविधानसभाका करिब ९० प्रतिशत सभासद्को समर्थनमा जारी भएका संविधानको विषयमा भ्रम फैलाइएकाले यसलाई चिर्न पार्टीका कार्यकर्ताहरुलाई घरदैलो अभियानलाई सफलताका साथ सम्पन्न गर्न जोड दिए ।
मधेसी मोर्चासँग वार्ताका लागि गठित कार्यदलका सदस्यसमेत रहनुभएका उहाँले सरकार निरन्तर रुपले मधेसको समस्या समाधान गर्नका लागिपरेको भए पनि बरु मधेसी मोर्चा नै गम्भीर नदेखिएको विचार व्यक्त गरे ।
उनले संसारको कुनै पनि मुलुकमा सेना र सुरक्षा निकायमा समावेशीको नाउँमा सामूहिक रुपमा भर्ना नभएको अवस्थामा यस्ता अनर्गल माग राखेर जनतालाई मधेसी मोर्चाले भ्रमित गर्ने कार्य गरेको टिप्पणी गरे ।
सोही अवसरमा उनले संविधानका साथै पार्टीको सङ्गठनको सम्बन्धमा जानकारी गराउनका लागि मोरङको नौवटै संसदीय क्षेत्रमा पठाइएका कार्यकर्ताको टोलीलाई झोला हस्तान्तरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण