विमानबाटै सामान चोर्ने गिरोह
जोहानसबर्ग – चोरहरुले ३० हजार फिटमाथि उठेको विमानमै चोरी थालेपछि साउथ अफ्रिका एयरवेजमा हंगामा मच्चिएको छ । उक्त विमान चढेका वारेन बेकरले स्थानिय मिडियालाई विमानबाट आफ्ना केही गहनासँगै १ हजार ८ सय अमेरिकी डलर नगद चोरी भएको बताए । जोहानेशवर्गबाट हङकङ उडेको विमानमा राती सुतेका बेला उनको ब्यागबाट पैसा र गहना चोरी भएको थियो । यस घटनापछि साउथ अफ्रिका विमानले पनि यस रुटलाई निशाना बनाएर अपराधका घटना बढेको जनाएको छ । गत डिसेम्बरमा पनि यस विमानमा यस्तै तीन चोर भेटिएका थिए । सन् २०१४ मा पनि २ दशमलव ६ मिलियन अमेरिकी डलर यस फ्लाईटबाट लुटिएको थियो । साउथ अफ्रिका एयरवेजले केही यात्रूहरुलाई शंका गर्दै कालोसूचिमा राखेपनि उनीहरुको नाम र राष्ट्रियता भने अहिले खुलाएको छैन् । बेकरको सामान चोरी हुँदा अर्का एक यात्रुले उनको लगेज खोल्दै गरेको व्यक्तिलाई देखेको ट्राभलर २४ वेभसाइटले जनाएको छ । प्रहरीले घटनापछि हङकङमा यात्रुहरुलाई कडा चेकजाँच गरेको थियो । तर कसैसँग पनि पैसा भेटिएन । एक प्रत्यक्षदर्शीले उक्त पैसा प्रहरीकै मिलोमतोमा अपराधीहरुले लुकाएको बताएकी छिन् । अर्का एक व्यक्तीले भने चोरले पिडितलाई पैसा फिर्ता गरेपनि आफ्नो नाम सार्वजनिक गर्न नचाहेको र उनले नै बेकरलाई प्रहरीमा उजुरी नगर्न सुझाव दिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण