सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

१३ टिम सम्मिलत बुम रेमिट रुपन्देही सुपरलिग क्रिकेट बुधबारदेखि

शनिबार, ०२ माघ २०७२, १७ : ४३
शनिबार, ०२ माघ २०७२

भैरहवा – रुपन्देही क्रिकेट संघको आयोजनामा माघ ६ गते देखि सिद्धार्थ रंगशाला भैरहवामा ‘बुम रेमिट रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता २०७२’ सञ्चालन हुने भएको छ । संघले प्रतियोगिता सम्बन्धी शनिबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको हो । जिल्लामा आयोजना हुने क्रिकेट खेल मध्ये यो सबैभन्दा महत्वाकांक्षी प्रतियोगिताको रुपमा रहेको संघले जनाएको छ । बुम सुपरलिग क्रिकेट प्रतियोगितामा पुरानो १२ क्लबका साथै नँया एक क्लब गरी १३ टिमले प्रतिष्पर्धा गर्ने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले बताए । प्रतियोगितामा नया ७ क्लबहरुले समेत सहभागिताका लागी आबेदन दिए पछी अहिले उनिहरुको बिचमा नकआउट प्रतियोगिता पुस ३० बाट सञ्चालन भैरहेको र बिजेता टिम सुपरलिगमा प्रबेश गर्ने मल्लले जानकारी दिए ।

जिल्लाको क्रिकेट ईतिहासमा पहिलो पटक सुपर लिगमा सबै टिमले रंगिन ड्रेसमा खेल खेल्ने र सेतो बल प्रयोग हुनेछ । प्रतियोगितामा लिग बिजेताले उपाधी सहीत ३०हजार र उपबिजेताले १५ हजार प्राप्त गर्नेछन् भने क्वाटरफाईनलमा पुग्ने ८ टिमले फागुन २० गतेबाट सञ्चालन हुने रुपन्देही टि २० क्रिकेटमा सोझै प्रतिष्पर्धा गर्न पाउनेछन् भने अर्को बर्ष हुने सुपरलिगमा स्थान समेत सुरक्षित गर्नेछन् । अन्तिमका ५ टिम रेलिगेशनमा पर्ने संघका सचिब गंगा राम सुनारले बताए । प्रतियोगितामा मुख्य प्रायोजकका रुपमा बुम रेमीट रहेको छ भने रिलायन्स सिमेन्ट, अर्घाखाँची सिमेन्ट,नेपाल अम्बुजा सिमेन्ट,गोयन्का सिमेन्ट, गोयन्का स्टिील,जिओनी मोबाईल,पायोनिअर फुड प्रोडक्ट, पवन इन्टरनेशनल होटल,नान्स रिसोर्ट, मान्यता सप्लायर्स,नेपाल टेलिकम,ब्लयाक फरेष्ट रेष्टुरेन्ट,जिबिस रुपन्देही, सिद्धार्थनगर नगर पालिका लगायत १९ सस्था सहयोगीका रुपमा रहेका छन् । प्रतियोगितामा सहभागी टिमले यसपटक देखी कम्तिमा २ जना ब्याबसायीक क्रिकेट खेलाडी (क्लब बाहीरको)खेलाउन सक्ने भएकाले प्रतियोगिता अझै रोमाञ्चक हुने अपेक्षा रहेको संघका उपाध्यक्ष सुनिल ढुंगानाले बताए । प्रतियोगितामा प्रायोजक सस्था बुम रेमीटका प्रतिनिधी तथा नेपाल क्रिकेट संघका पुर्ब केन्द्रिय सदस्य आशा गुरुंग लगायतले प्रतियोगिताको बारेमा चर्चा गरेका थिए । प्रतियोगिता सञ्चालनका लागीे कुल खर्च ३ लाख रुपैया लाग्ने बताईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप