पोखरामा मापदण्डबिपरित म्याद गुज्रेका ग्यास सिलिण्डरहरु छ्याप्छ्याप्ती
पोखरा - घर घरमा ग्यास अभाव भईरहेको बेला पोखरामा म्याद गुज्रेका ग्यास सिलिण्डर छ्याप्छ्याप्ती भेटिएका छन् । डि १५ नम्बर भएका ग्यास सिलिण्डरहरु सबै म्याद गुज्रेका ग्यास सलिण्डरहरु हुन् । यी ग्यास सिलिण्डरहरु एक दशकमा परिवर्तन नगरे वम भन्दा वढी विस्फोटक हुने ग्यास विक्रेताहरुको भनाई छ । तर पोखरामा गृहलक्ष्मी, शक्ति, नारायणी, भानु लगायतका १३ वटा ग्यास कम्पनीले अहिले म्याद गुज्रेका ग्यास सिलिण्डरमा ग्यास फिट गर्दै पठाउँदै गरेको भेटिएको छ । lineउपभोक्तालाई ग्यासको सिलिण्डरमा पनि म्याद हुन्छ भन्नेबारे थाहा नहुन सक्छ । तर सिलिण्डरमा पनि मिति हुन्छ । मिति सकिएको सिलिण्डर वम सरह हुन्छ । त्यो खतरनाक सिलिण्डरमा भरिएको ग्यास प्रयोग गर्नु खतरनाक छ । तर यसवारेमा उद्योगले लापरवाही गरेका छन् भने अनुगमनकारी निकायको पनि ध्यान केन्द्रीत भएको र्पाँदैन । शनिवार पोखराको प्रस्र्याङमा रहेको केटी हाउसमा ग्यास लिन आएक एक ग्राहकले ग्यासको सिलिण्डर म्याद गुज्रेको भेटेपछि विक्रेतासँग गुनासो गरेका थिए । विक्रेता संजिववहादुर कोईरालाले ग्यासको सलिण्डर म्याद गुज्रेका पठाएर केही ग्यास उद्योगले लापरवाही गरेको वताए । ग्यास विक्रेता महासंघ कास्कीले बजारमा मापदण्ड विपरितका ग्यास सिलिण्डर फेला परेपछि उपभोक्तालाई एक विज्ञप्ति प्रकाशित गरी सचेत हुन आग्रह गरेको छ । संघका महासचिव नारायणप्रसाद दाहालले म्याद गुज्रेका सिलिण्डर वजारमा आएकोले उपभोक्ताहरुले ग्यास लिँदा म्याद हेरेर मात्र लिन अनुरोध गरेका छन् । यता नेपाल आयल निगमको मापदण्ड अनुसार एक ग्यास विक्रेताको डिलरमा न्युनतम १ सय ५० वटा खाली सिलिण्डर हुनै पर्ने व्यवस्था छ । विक्रेताको डिलरमा ५ किलोका २ वटा फायर फाईटिङ, ५० किलोको डिजिटल काँटा १ वटा, गोदाम ३ फिट मुनि हावदार हुनु पर्ने, प्यान वा भ्याटमा दर्ता भएको हुनुपर्नेछ । एक डिलरले २ वटा भन्दा बढी कम्पनीको ग्यास वितरण गर्न नपाईने र वाणिज्य विभागवाट वितरण कार्ड अनिवार्य लिनु पर्ने व्यवस्था छ तर कास्कीका अधिकांश डिलरले यो मापदण्ड पूरा गरेका छैनन् । तर जिल्ला आपूर्ति समितिले ग्यास बाँड्न दिने विक्रेतालाई सो मापदण्ड विपरित ग्यास वितरण गर्ने अनुमति दिने गरेको छ । आपूर्ति समितिले अभावको वेला मापदण्ड ख्याल गर्न नसकिएको बताउँदै आएको छ । उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले वजारमा म्याद गुज्रेका ग्यास सिलिण्डर आएको खवर पाएको भन्दै छिट्टै अनुगमन गरिने वताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण