सरकारको पुनर्निर्माण महाअभियान : अर्को माघ सम्म ३० प्रतिशत पुनर्निर्माण भईसक्ने
ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षको माघ २ गतेसम्म ३० प्रतिशत पुनर्निमाणको काम गरीसक्ने बताएका छन् । १८ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा पुनर्निर्माण महाअभियान अन्तर्गत बुंगमति पुनर्निर्माण योजनाको शुभारम्भ गर्दै उनले आगामी वर्ष माघ २ गते भुकम्प सुरक्षा दिवस मनाउने दिनसम्म ३० प्रतिशत बढी पुनर्निमाणको काम सम्पन्न भईसक्ने बताए । ‘आजबाट शुरु भएको पुनर्निमाणको महाअभियानमा भुकम्पबाट ध्वस्त भएका संरचनामा मात्र होईन राष्ट्रकै पुनर्निमाणको महाअभियानमा छाँै’ ओलीले भने ‘अर्को वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने दिनसम्म ३० प्रतिशत बढी पुनर्निमाणको काम सम्पन्न हुने छ ।’ उनले दातृ राष्ट्र तथा संघ संस्थाले दिएको रकम सदुपयोग गर्दै भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै पूर्निमार्ण अभियानमा सहयोग गर्नका लागि अनुरोध गरे । प्रधानमन्त्री ओलीले आफूले बोलेका हरेक कुरालाई आलोचना गरेको प्रति व्यंग्य गर्दै अव नेपाललाई आधुनिकीकरणमा लैजाने समेत बताए । ‘नेपालमा विकासको कुरा पनि गर्न नपाईने ? म सबैले सुन्ने गरी भन्न चाहन्छु नेपाललाई हामी विकासको बाटोमा लैजान चाहन्छाँै । आधुनिकिकरणतर्फ लैजान्छौँ,’ उनले भने । यूएन ह्याविटेण्टको प्राविधिक सहयोग र नेपाल सरकारको चाहिएजति आर्थिक सहयोगमा बुंगमति पुनर्निमाण योजना शुरु हुन लागेको हो । कार्यक्रममा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदारले क्षतविक्षत भएको देश पूनर्निमाणमा गर्न एकजुट हुनका लागि सबै दललाई आह्वान गरे । ‘संविधान जारी गरेर एउटा कार्यभार त पूरा भयो तर अर्को बाँकी छ भूकम्पबाट क्षति भएको पूनर्निमाणको’ उनले भने ‘हाम्रै कारणले गर्दा पुनर्निमाण ढिला भयो, अव सबै एक भएर क्षति भएको देश बनाउन आह्वान गर्छु ।’ गृहमन्त्री शक्ति बस्नेले यो पुनर्निमाण अभियानले नवनिर्माण र सबृद्ध नेपाल निर्माणको अभियान पनि एकसाथ अगाडी बढाउने बताए । उनले भत्किएका भावना र सन्दर्भहरुलाई पनि एकसाथ निर्माणको अभियानमा सरकारले लागेको बताए । मन्त्री बस्नेतले बुङ्गमतिको पुनर्निर्माण सम्पूर्ण नेपालको नवनिर्माण अभियानको मोडल हुने बताए । ‘भविष्यमा हुने जोखिमहरु न्यूनिकरण गर्दै जानु र तत्काल भत्केका संरचना बनाउनु दुवै एकसाथ हुन्छ’ उनले भने ‘त्यसैले यो बुंमतिको पुनर्निर्माण सिँगो नेपालको नवनिर्माणको मोडल हुने छ ।’ संस्कृतिमन्त्री आनन्द प्रसाद पोखरेलले भत्केका मात्र नभएर १ सय वर्ष पुराना संवै साँस्कृतिक संरचनाको पुनर्निर्माण गरीने बताए । हिँजोको पूर्खाको नासो भावि पुस्तालाई हस्तान्तरण गर्नुपर्ने भएकोले सबै पुराना बैभवहरु बलियो बनाईने बताए । ‘सबै साँस्कृति संरचनाहरुको सरकारले पुनर्निमाण गर्छ, भूकम्पले भत्केका मात्रै होईन, नभत्केका पनि एक सय वर्ष पुराना संरचना लिएर आउनुस, पुनर्निर्माण गरीने छ ।’ उनले भने ‘ तर त्यसको लागि शर्त छ कि पुरातत्व विभागको मापदण्ड अनुसार मात्रै बनाउनुपर्छ।’ मन्त्री पोखरेलले बुँमतिमा पुनर्निमाण हुने घरहरुमा होमस्टे पनि बनाई पर्यटन विकासका लागि टेवा पु¥याउन आग्रह गरे । ‘२ वटा कोठा पाहुनाका लागि बनाईदिनुस’ उनले भने ‘घर घरमा होमस्टे बनाएर आर्थिक सामाजिक रुपान्तरण पनि गर्नुपर्छ ।’ उनले नयाँ बन्ने घरहरुमा त्यही अनुसारको डिजाईन गर्न पनि पुनर्निमाण प्राधिकरणलाई आग्रह गरे ।’ शान्ति तथा पुनर्निमाणमन्त्री एकनाथ ढकालले सरकारको पुनर्निमाण अभियानले सिंगो नेपालमा नयाँ आशा पलाएको बताए । उनले पूनर्निमाणको दायीत्व सरकारको मात्र नभएकोले त्यसमा समन्वय गर्नका लागि तयार रहन सबै जनतालाई आग्रह गरे । ‘सरकारले मात्र गर्छौँ भनेर हुँदैन, जनसहभागीता जरुरी छ ।’ उनले भने । उनले यो अभियान निर्धारीत समयमा सकिने पारदरर्शि हुने पनि बताए । पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले परम्परागत संरचनाहरु पूनर्निर्माण गर्दा परम्परागत ढाँचामा निर्माण गरीने बताए । उनले पर्यटनमार्फत देशको आर्थिक विकासका लागि यसो गर्न लागिएको बताए । ‘पूर्खाले बनाएका परम्परागत संरचना पुरानै रुपमा पुनर्निर्माण गरीने छन् ।’ उनले भने, ‘परम्परागत निर्माणले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नुका साथै भविष्यको आर्थिक विकासको आधार शुरुवात गर्छ ।’ जनताको जागरुकताका कारणले बुंगमतिलाई नेपालको पहिलो नमुना गाउँको रुपमा पुनर्निमाण गर्न लागिएको पनि उनले जानकारी दिए । यसका लागि यूएन ह्याविटेण्टको प्राविधीक सहयोग र नेपाल सरकारको चाहिएजति आर्थिक सहयोग हुने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण