कार्यदलको बैठकमा सद्भावना पार्टी पहिलो पटक सहभागी
काठमाडौं – विराटनगरको जोगवनी नाकामा पार्टी अध्यक्ष राजेन्द्र महतो कुटिएपछि सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने घोषणा गरेको सद्भावना पार्टी पहिलो पटक कार्यदलको बैठकमा सहभागी भएको छ । शनिबार सिंहदरवारमा बसेको जारी शीर्ष दल र मधेसी मोर्चाको कार्यदलको बैठकमा सद्भावना पार्टी सहभागी भएको हो । पार्टीको तर्फबाट सहअध्यक्ष लक्ष्मणलाल कर्ण वार्तामा सहभागी भएका छन् । यसअघि बनेको कार्यदलमा संयुक्त लोकतान्त्रिक मोर्चाका बाँकी तीन पार्टीका सदस्य मात्र सहभागी थिए । ३ बजेदेखि बसिरहेको बैठक अहिले सिंहदरवारमा जारी रहेको छ । आजको बैठकमा आफ्ना कुराहरु राखेर कर्ण भने बाहिरिएका छन् । उनले बैठकमा सीमांकन र नागरिकताको प्रावधानको बारेमा कुरा राखेका थिए । उनले अन्तरिम संविधान अनुसार नागरिकताको प्रावधान नयाँ संविधानमा राख्नुपर्नेमा बैठकमा जोड दिएका थिए । अन्तरिम संविधानमा वंशज र जन्मको आधारमा नागरिकता प्राप्त गरेका देशको प्रमुख पदमा बस्न पाउने प्रावधान रहेको छ भने नयाँ संविधानमा वंशजको आधारमा नागरिकता पाएकाहरुले मात्र देशको प्रमुख पदमा बस्न पाउने प्रावधान छ । स्मरण रहोस्, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोको वंशजको आधारमा नभएर जन्मको आधारमा नागरिकता रहेको छ । मोर्चाले राजनीतिक संयन्त्र मान्ने आजको बैठकमा सीमांकनका लागि मधेसी मोर्चाले राजनीतिक संयन्त्र बनाउने विषयमा सहमति जनाउने बताइएको छ । तमलोपाका हृदयदेश त्रिपाठीले रातोपाटीसँग कुरा गर्दे मोर्चा सीमांकनको विवाद टुंग्याउन राजनीतिक संयन्त्र मान्न तयार रहेको तर त्यसका लागि कार्यविधि तयार गरिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण