सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

बस र कार ठाक्किँदा पाँच घाइते, तीनको अवस्था गम्भीर

शनिबार, ०२ माघ २०७२, १९ : २०
शनिबार, ०२ माघ २०७२

चौतारा - अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको साँगाचोक गाविसको सुकुटेमा आज अपराह्न बस र कार एकापसमा ठक्कर खाई दुर्घटना हुँदा कारमा सवार पाँच जना घाइते भएका छन् । घाइते सबैलाई उपचारार्थ धुलिखेल अस्पतालमा लगिएको छ । घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जानकारी दिएको छ । दोलखाबाट काठमाडौँतर्फ गइरहेको बा२ख ५८६१ नंको यात्रुबस र काठमाडौँबाट खाडीचौर जाँदै गरेको बा४च ३३३५ नंको निजी कार एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । कारमा सवार सिन्धुपाल्चोकको तौथली गाविस–३ का पाँच यात्रुमध्ये सुरेश कुसुले, दीपक कुसुले र श्याम खड्काको अवस्था चिन्ताजनक रहेको र अन्य दुई सामान्य घाइते भएका छन् । दुर्घटनाबाट कार पूर्णरुपमा क्षति भएको र यात्रुबस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप