सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

‘पिके’ चलचित्रमा आईएसआईको लगानी रहेको भारतीय नेताको आरोप

शनिबार, ०२ माघ २०७२, १९ : ४४
शनिबार, ०२ माघ २०७२

मुम्बाई – केही समयअघि धार्मिक असहिष्णुताको विषयमा बोलेपछि अभिनेता आमिर खान अहिले भारतीय जनता पार्टीका नेताहरुको निशानामा छन् । यसबीच बिजेपीका नेता सुब्रमणियम स्वामीले आमिर खानले चलचित्र पिके प्रदर्शन गर्नका लागि पाकिस्तानी गुप्तचर संस्था आईएसआईको साथ लिएको आरोप लगाएका छन् । उनले आफ्नो ट्वीटरमार्फत यस्तो बयान दिएका हुन् । सन् २०१४ को डिसेम्बर २९ मा पनि उनले यस्तै बयान दिएका थिए । पिके चलचित्र सन् २०१४ को डिसेम्बर १९ बाट प्रदर्शनमा आएको थियो । त्यतिबेला निकै चर्चित बनिसकेको चलचित्रका विषयमा टिप्पणी गर्दै सुब्रमणियमले बोलेका थिए–‘यो चलचित्रमा कसले लगानी ग¥यो ? मेरो बुझाईमा आईएसआई र डिआरआईको पैसा लागेको छ ।’ सु्रमणियम आमिर खानको विरोध गर्ने एक्लो नेता होइनन् । यसअघि विजेपीकै महासचिव राम माधव र अर्का नेता कैला विजयवर्गीयले पनि आमिर खानको विरोध गरेका थिए । धार्मिक असहिष्णुतालाई लिएर आमिरले के भने गत नोभेम्बरमा आमिर खानले भनेका थिए –‘देशको हालत देखेर एकपटक मेरी श्रीमती किरणले मलाई देश छोड्नुपर्ने बताएकी थिइन् । उनी बच्चाको सुरक्षालाई लिएर चिन्तित थिइन् ।’ यस्तो अभिव्यक्तीपछि सामाजिक सञ्जालमा आमिर खानको चर्को विरोध भएको थियो । कसरी उठ्यो असहिष्णुताको मुद्धा ? सेप्टेम्बरमा उत्तर प्रदेशमा एक व्यक्तीले गोरुको मासू खाएपछि उनको हत्या गरियो, त्यसअघि नै लेखक एमएम, कलबुर्गीको गोली हानेर हत्या गरिएको थियो । थुप्रै लेखक, फिल्मकर्मी तथा वैज्ञानिकहरुले देशमा असहिष्णुता बढेको भन्दै आफूले जितेका अवार्ड फिर्ता गर्न थालेका थिए । आमिरखान, शाहरुख खान, एआररहमान र अरुंधति रायले यस विषयमा बयान दिएपछि उनीहरु विवादमा तानिए । विपक्षी भारतीय कांग्रेसले बिजेपी र उसका समर्थकहरुले देशमा धार्मिक हिंसा भड्काउन लागेको आरोप लगाए । थुप्रै केन्द्रि मन्त्रीहरुले कांग्रेससहितका पार्टी सरकारको विरोधमा लागेको अभिव्यक्ती दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप