पुनर्निर्माण महाअभियानमा प्रधानमन्त्रीका १० रोचक योजना
ललितपुर – शनिबार १८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । यो अवसर पारेर सररकाले भूकम्प पुर्निर्माणको महाअभियान शुरुवात ग¥यो । २०७२ साल बैशाख ११ को भूकम्पको समय पारेर राष्ट्रपति विद्या भण्डारीले रानीपोखरी पुनर्निर्माण अभियानको शुरुवात गरिन भने पनि १९९० सालको भूकम्पको समय पारेर २ बजेर २४ मिनेटमा प्रधानमन्त्री केपि ओलीले ललितपुरमा बुंगमति पुनर्निमाण अभियानको शुभारम्भ गरे । प्रधानमन्त्री केपि शर्मा ओलीले अभियानको शुभारम्भ गर्दा सार्वजनिक गरेका योजनाहरु र भनाईहरु निकै रोचक रहे । उनको मन्तव्यको केही सम्पादित अंश ः
ढुँगा संग लड्दा लड्दै भूँईचालोको तुजुक सिद्धिन्छ धर्तिको यो भाग भूईँचालो जाने ठाउँ हो । त्यसकारण हामीले भूईँचालोबाट केही नहुने प्रबिधीहरु प्रयोग गर्नुपर्छ । घर बनाउनेभन्दा घरै मात्र बनाउने पनि होईन । त्यसका वल्तीर पल्तीरका वातावरणका कुराहरु पनि हुन्छन् । घरवरीपरी र्ढुगाहरु राखिदिने ढुँगाको एउटा लेयर राखिदियो भने जतावाटा भुईचालो आउँछ, जस्तो गोरखाको बारपाकबाट भूईँचालो आयो । त्यहाँबाट भूईँचालो हल्लिँदै आउँछ, धस्काउँदै ल्याउँछ । यदि ढुँगाहरुको पर्खालजस्तो जमिनमा हामीले केही फिट त्यसरी राख्यौँ भने त्यो भुईँचालो आएर ढुँगामा आएर ग्रुप पारेर त्यसको तुजुक सिद्धिन्छ । अनि घर चाहँी भत्काउन सक्दैन । त्यहँी ढुँगासंग लड्दालड्दै ठिक हुन्छ त्यहीँ ढुँगाले त्यसलाई छेक्छ । यस्ता अनेक प्रविधीहरु छन्, जसलाई आजको दिनमा हामीले यी कुराहरु गर्नुपर्छ ।
नयाँ प्रविधी आएको छ तर निदाएको बेला बँचाउदैन अहिलेको दिनमा हामीले प्रविधीको विकास गरीरहेका छौँ । भुकम्प आउनुभन्दा अगाडी १२ सेकेण्डअगाडी २२ सेकेण्डको विचमा पहिले नै सूचना दिने । त्यो प्रविधी पनि हामी जडान गर्न थालीरहेका छौँ । यदी १२ सेकेण्ड अगाडी सूचना पायौँ भने घरबाट जहाँसुकैबाट बाहिर निस्कने र सुरक्षित हुन सकिन्छ । त्यो प्रविधी हामी अहिले जडान गर्दै छौँ । यसको अर्थ त्यसो भए त घर बलिया नबनाए पनि हुन्छ होला नि त पहिला नै थाहा पाएपछि बाहिर निस्किन्छ भन्ने होला । तर निदाएको बेला भूँईचालो गएजस्तो लागिरहन्छ । हल्लीरहन्छ । तपार्इँ सपना देखिराख्नुहुन्छ । भूईचालोले भ्याईदिन्छ । त्यसकारण त्यो सूचना तपाईँले सुन्न पाउनुहुन्छ कि हुँन्न । घर त पहिला बलिायो बनाउनै प¥यो। त्यसमाथी पनि सूचना पाउनै प¥यो । त्यो प्रविधी भूईचालो जाने संकेत आज विज्ञानले विकास गरेको छ ।
नेपालमा विकासको कुरा पनि गर्न नपाईने ? म छक्क पर्छु मान्छेहरुलाई अलिकति काम गर्छुभन्यो भने त्यसलाई उप्काउने चलन चल्यो । नेपाल जलश्रोतको ब्राजिक पछिको धनि देश, ८३ हजार क्षमता छ । फर्पिङ्गबाट बाट १ सय ५ वर्ष अगाडी वि सं १९७८ मा हामीले शुरु ग¥यौँ । आज बेलुका हामीले कति विजुली पाउँछौँ भन्दा ३ सय मेगावाट । मैले भने एक सय पाँच वर्षमा जलश्रोतको यस्तो धनि देशमा तीनसय मेगावाट ? यो कुरा अव मान्य हुँदैन । अहिलेको सरकारले यस्तो पाराले कछुवा गतिमा हिँड्न मञ्जुर गर्दैन । सरकार अगाडी बढ्छ । अहिले बेलुका देखि यसो समाचार समाचार हेर्न थालेको त्यस्ता नचाहिने कुरा गर्ने हो ? विजुली निकाल्छु् भन्ने ? छिटो छिटो काम गर्छु भन्ने ? यो प्रधानमन्त्री त अलिकति कस्तो कस्तो छ छ, यस्लालाई के ले बेठीक ग¥यो ? यस्ता पो कुरा सुन्छु मत ।
ग्याँसको अभाव छ अहिले । तर हाम्रो जमिनमुनि ग्याँस छ । हामीले फाल्ने फोहरमा ग्याँस छ । त्यस फोहरको व्यवस्थापन गरीयो भने हामीले ग्याँस निकाल्न सक्छाँै । जमिनमुनिबाट ग्याँस निकाल्न सक्छौँ । अरु थुप्रै विकल्पहरु हाम्रा निम्ति हुनसक्छन् । त्यो कुरा भनेको – अव त हदै भो यो त, ग्याँस निकाल्ने पो कुरा गर्छ भन्छन् । त्यहाँ बंगलादेश, पाकिस्तानमा चुलाचुलामा ग्याँसको पाईप पु¥याएको छ। भारतका पनि ठूला सहरमा त्यत्रौ अमेरीका, त्यत्रो रुस, त्यत्रो चिन, त्यत्रो जापान कोरीयामा चुला चु्लामा पाईप पु¥याएका छन् । मैले भने अलिक समय पर्खिनुस, अहिले हामी अप्ठ्रोपमा छाँै । थोरै समय दिनुस चुला चुलामा पाईप जान्छ भनेको यस्तो नचाहिँदो कुरा गर्न पाईनछ भनेर फेरी । म त छक्क पर्छु । संसारमा धेरै देशहरुमा ईलेक्ट्रिक बसहरु चल्छन् । तर पढेलेखेका ठूलाबढाले नै आलोचना गर्ने । नेपालमा विकासको कुरा पनि गर्न नपाईने ? म सबैले सुन्ने गरी भन्न चाहन्छु नेपाललाई हामी विकासको बाटोमा लैजान चाहन्छाँै । आधुनिकिकरणतर्फ लैजान्छौँ । अवस्य हो ।
अब हाम्रा मछिन्द्रनाथ चिटिक्क परेका घराँ बस्छन् अव हाम्रा मछिन्द्रनाथ भत्केका घराँ हैन नयाँ चिटिक्क परेका घराँ बस्छन् । बनाउन नपनाईने ? जत्रै भूईचालो आएपनि नभत्किने गरीको घर बनाउँछौँ हामी मच्छिन्द्रनाथलाई । मान्छेहरुलाई चित्त बुझ्दैन त्यो कुरा मलाई छक्क लाथ्ग्छ । हामी नयाँ नेपाल बनाउन चाहन्छौँ । विकशित नेपाल बनाउन चाहन्छौँ । आधुनिक नेपाल बनाउन जाँदैछौँ । अनि हामीले आधुनिकतालाई, विकासलाई हाम्रो लक्ष्य बनाउनुपर्छ । र अगाडी बढ्छौँ ।
भगवानलाई साँघुरो ठाउँमा राखेको चित्त बुझ्दैन खासगरी यो ठाउँका यूवाहरु, जसले अलिकती चेतनाका साथ अगाडी बढ्नुपर्ने छ । जसले नयाँ संरचना नयाँ ढंगले बनाउनुपर्ने छ । त्यसढंगले अगाडी बढ्न म आग्रह गर्न चाहन्छु । कहिँ कहिँ अलिकति मनोगत पक्षहरु रहेका छन् । बनाउनुपर्ने एउटा ठाउँ छ । एउटा चिज छ तर पोहोर कसैले त्यहाँ कसैले सानो मन्दिर बनाईदिएको थियो । त्यो मन्दिर हटाउनुहुँदैन, त्यो संरचना ठीक ढंगले बनाउनुहुँदैन, किनभने पोहोर मन्दिरबनाएको थियो भन्ने छ । भगवानलाई अप्ठ्यारो ठाउँमा राखेर अप्ठ्यारो पार्ने त हैन नि । भगवानलाई त फराकिलो ठाउँमा राम्रो ठाउँमा पो राख्नुपर्छ । फराकिलो ठाउँमा राख्नुपर्छ । बाटोको विचमा राख्दिएर अनि । भगवान रोएको कराएको त सुन्दैन कसैले । तर भगवानलाई चित्त बुझ्दैन त्यसरी । विकास निर्माणमा आफ्ना सन्ततिहरुका निम्ति नराम्रो भएको त मन पर्दैन भगवानलाई । त्यसकारण पोहोर परार बनेको हुनाले अर्को उपयुक्त ठाउँमा मन्दिर लैजानु हुँदैन भन्ने भ्रम हुँदैन ।
बुंगमति चिटिक्क परेको नयाँ शहर हुने छ म खुसी व्यक्त गर्न चाहन्छु । यस ठाउँबाट पुनर्निमाणको थालनी भएको छ । यस ठाउँले नमुनाको रुपमा यो शहरमा अव हामीले अर्को अर्को साल यस्तै भत्किएका घरहरु देख्न पर्ने छैन । यो चिटिक्क परेको नयाँ शहर हुने छ । यो फोहरहरुका डुँगुर थुप्रिएको ठाउँ हुने छैन । यो चटक्क सफा परेकोत्यस्तो ठाउँ हुने छ । दुनियका लागि आकर्षक ठाउँ हुने छ । हामीलाई भुकम्पले ध्वस्त पा¥यो तर हामीलाई नयाँ ढंगले अगाडी बढ्ने पनि त्यसले भन्यो । अव हामी नयाँ ढंगले अगाडी बढ्नुपर्छ ।
१० वर्षभित्र नेपालाई यस स्थितीबाट पार लगाईन्छ
यस्तो ईमन्दार र मेहनेती जात हो नेपालीको । यस्तो उर्वर धर्ति छ । आजको विज्ञान प्रविधीको प्रयोग गरेर आधुनिकीकरण गरेर विकाशको लहर चलाउनुपनेर्् छ । यहाँ कुरै काटेर दिन विताउँछनु् । म भन्छु कुरा काटेर दिन बिताउनेहरुलाई पनि सुझाव छ । १० वर्षभित्र नेपालाई यस स्थितीबाट पार लगाईन्छ । अलिक पछाडी मान्छेहरुले हेर्छन । यत्रो भत्केको छ बनाईन्छ । बाटा चौडा गरीन्छ । नयाँ खालका बलिया र चिटिक्क परेका सफा सहरहरु बनाईन्छ । अनि हामी कता जाँदैछाँै ।
अव नेपालीले आफ्नो देश निर्माणका अवसर यहीँ पाउँछन् हामी आधुनिकतातिर जाँदैछौँ । नयाँ नेपाल तिर जाँदै छौँ । समृद्ध नेपालतिर जाँदै छाँै । अव नेपालीहरुले ठूलो ठूलो सेलरी पाउँदा खेरी कहिले कहिले बाहिर कन्सल्ट्याण्टको रुपमा गयो भने त हो नत्र आफ्नै देश निर्माण गर्ने अवसर यहिँ पाउँछ । त्यो परीस्थिती हामी बनाउँछाँै । अनि तस्करी गर्नका लागि नाकाबन्दी गर्ने । यता म्यानपावर पठाउनका लागि उद्योगहरु हुन नदिने खालका सोँच र प्रबृत्तिहरु छन भने ति हुन सक्दैनन् ।
सरकारमा नहुँदा त २२ हजार घर बनाईयो, अहिले त म सरकारमा छु पार्टीहरुले के के गरे भन्ने कुरा पनि चले । हामी सबै एकजुट भएर अगाडी बढ्छौँ भन्ने कुरा पनि चले । नेकपा एमालेको हैसियतले भन्ने हो भने म त्यतिबेला प्रधानमन्त्री थिईन । एमालेको अध्यक्ष र संसदिय दलको नेता थिएँ । देशभरीमा हामीले २७ हजार २ सय ७६ वटा अस्थाई घरहरु बनाएर जनतालाई हस्तान्तरण ग¥यौँ । १ हजार १३ वटा विद्यालय बनायौँ । यी सरकारको तर्फबाट हैन । पार्टीको तर्फबाट जनशक्ति परीचालन गरेर हो । त्यतिबेला देनिक २२ हजार देखि ३० हजार सम्म स्वयंसेवक जनताको चिया पनि नखाएर परीचालउन एक महिनासम्म गरीयो । सरकारमा नहूँदा, हातमा केही नहुँदा, साथमा केही नहुँदा त २७ हजार घरहरु बनाएर वितरण गरीएको थियो भने अहिले त म सरकारमा छु । यो अभियान यति तिब्रताका साथ अगाडी बढ्छ । तर रातारात हुने त हैन । सरकारले अहिलेका कामहरु नेतृत्व गर्छ । हामी विशुद्ध भ्रष्टाचार हुन नदिएर अहिलेका काम अगाडी बढाउँछौँ ।
पुराना सरकारले केही तैयारी गरेनन् यहाँ सरकारहरुको तैयारीको काम पनि भएन । भुईँचालो गयो तर सरकारले केही तैयारी गरेको थिएन । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र कर्मचारीहरुले आफ्नै घर भत्किएको छ । तर उनीहरु उद्धारमा लागे । आफ्नै परीवारका सदस्यहरु वितेका छन तरपनि वाँचेकालाई बचाउनुपर्छ, उद्धार र राहत पु¥याउनुपर्छ, जनतालाई भनेर कर्तव्यपरायणता देखाउँदै राहत र उद्धारका काममा जुट्नुभयो । धन्यवाद दिन चाहन्छु । हाम्रा स्वास्थ्यकर्मीहरु र यूवाहरु जसले असाधारण काम गरेका छन्, प्रसंसाका पात्र हुन् । हामी आफैले निर्माण गर्नुपर्छ मुलुक । अरुले सहयोग गर्लान तर मुख्य रुपमा हाम्रो ठार्उँ हामीले बनाउने हो । हामी डिजाईन प्राप्त गर्न सक्छौँ तर आफ्ना काम आफै गर्नुपर्छ । हामी सरकारमा आउँदा भूईचालो गएको सातमहिना भएको थियो । तर हामी सरकारमा आउँदा कानुन पनि थिएन । प्राधिकरण पनि थिएन । केही पनि थिएन । केही पनि नभएको अवस्थामा हामीले अहिले कानुन पनि निर्माण गरेका छौँ । प्राधिकरण पनि निर्माण गरेका छौँ । प्राधिकरणका सबै निकाय स्थापना गरेर कार्यालय स्थापना गरेर काम अगाडी बढाएका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण