मुलुकले चाँडै निकास पाउँछ भन्नेमा मलाई विश्वास छैन : पूर्वउपराष्ट्रपति झा
काठमाडौँ - पूर्वउपराष्ट्रपति परमानन्द झाले आउँदो माघ ५ गतेसम्ममा पनि मुलुकले निकास पाउँछ भन्नेमा आफूलाई विश्वास नलागेको बताएका छन् ।
नेताहरुको मानसिकतामा अझै पनि परिवर्तन नआएकाले सहमति हुने सम्भावना न्यून देखेको उनको भनाइ थियो ।
दिशानिर्देश प्रेस क्लबले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्नुहँुदै पूर्वउपराष्ट्रपति झाले सरकारमा रहेका दलका नेताको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिका कारण पनि समस्या बल्झिएको टिप्पणी गरे ।
कार्यक्रममा पूर्वसभामुख सुवास नेम्वाङले पाँच वर्ष आठ महिना लगाएर संविधान बनाइएकाले हतारमा संविधान घोषणा गरिएको भन्न नमिल्ने तर्क गरे । उनले भने– “संविधानसभाबाट संविधान घोषणा नभएको भए आन्दोलनकारीका मागको सम्बोधन गर्ने आधार नै हुने थिएन तर अहिले त्यही संविधान सङ्कट समाधानको आधार भएको छ, यही नै संविधान बन्नुको सबैभन्दा राम्रो पक्ष हो ।”
उपप्रधानमन्त्री सिपी मैनालीले संविधान जारी गर्न ढिला गरेको भए, संविधानका अन्तरवस्तुमा दलकाबीचमा भएको सहमति कुनै पनि बेला भङ्ग हुने खतरा रहेको बताए । उनले संविधान ठीक समयमा जारी भएको र यसबाट उत्पन्न समस्याको समाधान हुँदैजाने दाबी गरे ।
अर्का उपप्रधानमन्त्री चित्रबहादुर केसीले कुनै वर्ग र समुदायको मात्रै कुरा गर्ने प्रवृत्तिले मुलुकमा समस्या निम्तिएको बताउए । “जात, क्षेत्र, धर्म, भाषालाई मात्रै हेरेर हुँदैन पहिला राष्ट्रलाई हेर्नुपर्छ”– उनले भने ।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अहिलेको संविधान विभिन्न विचार, क्षेत्र र वर्गको प्रतिनिधित्व गर्ने दलको साझा सम्झौता भएकाले कुनै दल, जात, क्षेत्र, धर्म आदि दृष्टिकोणबाट हेर्दा अपूर्ण देखिनु स्वाभाविक भएको बताए । उनहाँले विभिन्न वर्गको हेराइमा छुटेका विषयलाई समेट्न संशोधनको व्यवस्था भएकाले आत्तिनुपर्ने अवस्था नरहेको तर्क गरे ।
कार्यक्रममा सङ्घीय समाजवादी फोरम नेपालका नेता हरिनारायण यादव, नेकपा क्रान्तिकारी माओवादीका नेता देव गुरुङ, पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की तथा आयोजक दिशानिर्देश प्रेस क्लबका अध्यक्ष जेपी गुप्तालगायतले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण