सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

बंगलादेशीद्वारा साउदीमा नेपाली कामदारको हत्या 

शनिबार, ०२ माघ २०७२, २० : २६
शनिबार, ०२ माघ २०७२

कपिलबस्तु  - साउदी अरबमा एक नेपाली कामदारको हत्या भएको छ । कपिलबस्तु जिल्ला पकडि गाबिस वार्ड नं. ९ बरही घर भएका ३२ वर्षीय मोहम्मद इजहार मुसलमानको हत्या भएको हो । मुसलमानको यहि पौष ३० गते बङगलादेशी कामदारहरुको ५ जनाको समुहले हत्या गरेको मृतक कामदारका नेपाली साथीहरुले नेपालमा रहेका मृतकका दाजु मुहम्मद इसहाकलाइ जानकारी दिएका थिए ।

साउदी स्थित अलियमामा कम्पनीमा कार्यरत मुसलमानलाइ हत्या गरेका बंगलादेशीहरुलाइ स्थानीय प्रहरिले नियन्त्रणमा लिएको साउदीमा रहेका उनका दाजु हजरत बेलालले बताउनुभएको छ । मृतक भाइ मोहम्मद इजहार मुसलमान बस्ने स्थानबाट १६०० किलोमिटर टाढाको दुरीमा रहेका दाजु हजरत बेलाल भोली साझंसम्म उक्त स्थानमा पुग्ने बताइएको छ । मृतकको घरपरिवार अहिले शोकमा डुबेको छ । मृतक मुसलमानको शव स्थानीय अस्पतालमा राखिएको छ ।

शव सुरक्षित साथ नेपाल ल्याउन र घटनामा संलग्न हत्यारालाइ कडा भन्दा कडा सजाय दिलाउनु पर्ने मृतकका घरपरिवारले माग गरेका छन् ।

यसैबिषयमा प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खांले मृतक घरपरिवारले प्रशासनमा निवेदन दिएमा नेपाली दुतावास मार्फत साउदी दुतावासलाइ पत्राचार गरि शव नेपाल ल्याउन पहल गरिने प्रतिबद्धता जनाउनुभएको छ । मृतक मुसलमान १४ महिना अघि काठमाडौं स्थित वल्र्ड वाइड इम्पल्वाइड कम्पनी त्रिपुरेश्वरबाट साउदी गएका थिए । मृतकका एक श्रीमती, २ बर्षका एक छोरा र ४ बर्षिय र ६ बर्षिय छोरी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप