सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

७ वर्षीया बालिका जसलाई भोक–निद्रा लाग्दैन, दुख्दा पनि दुख्दैन

शनिबार, ०२ माघ २०७२, २० : ३५
शनिबार, ०२ माघ २०७२
उनी कमै मात्र खान्छिन् । प्राय सुत्दिनन् र कहियै पनि उनलाई दुख्दैन । बेलयातकी ओलिभिया फ्रान्सवर्थलाई कारले ठक्कर दिएको थियो । तर उनी आँशुको थोपासमेत नझारी सरासर उठेर हिँडेकी थिइन् । उनलाई देखेर आजकल चिकित्सकहरु छक पर्छन् । ७ वर्षकी यि बालिका कहिलेकाँही लगातार ३ दिनसम्म सुत्दिनन् । उनको यस अवस्थालाई चिकित्सकहरुले क्रोमोसम ६ डिलेशनका रुपमा चित्रण गरेका छन् । उनी नखाने, नसुत्ने र पिडाको समेत महसुस नगर्ने विश्वकै एकमात्र व्यक्ति भएको अनुमान लगाइएको छ । ३२ वर्षकी उनकी आमा निकी त्रिपाकका अनुसार उनकी छोरीलाई कहिल्यै खतराको महसुस हुदैँन । ‘उनी सडकमा हिँड्दै गर्दा कारमा ठोक्किइन् । तर उनलाई त्यसको अनुभव नै भएन’ निकी भन्छिन् । ओलिभाको शरिरमा अहिले पनि थुप्रै चोट छन् । उनको छातिमा टायरको डाम नै छ । ओलिभाकी आमा निकीका अनुसार उनी जन्मेको केही महिनामै उनको यस्तो स्वभाव देखिएको थियो । उनी नौ महिनाको उमेरबाटै निदाउन छाडेकी थिइन् । बच्चा छँदा पनि ओलिभा कहिल्यै रोइनन् । त्यस्तै उनी ४ वर्ष नपुग्दासम्म उनको टाउकोमा राम्ररी कपाल पलाएन । उनले झन्डै १ वर्षसम्म स्यान्डविच मात्रै खाइन् । उनलाई भोक लागेको अनुभव परिवारले कहिल्यै गरेन । एकपटक उनको ओठमा नराम्रो चोट लागेको थियो । तर उनी रोइनन् । जबकी त्यतिबेला उनको प्लास्टिक सर्जरी नै गर्नुपरेको थियो । ओलिभा प्रायः सुत्नका लागि औषधीको प्रयोग गर्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप