२ तल्लाबाट खसेकी १४ महिनाकी बालिका जीवितै (भिडियो)
शनिबार, ०२ माघ २०७२, २० : ३८
ब्राजिलको फोरटालेजास्थित सियरामा १४ महिनाकी बालिका २ तलामाथिको झ्लाबाट अचानक सडकमा खसिन् । तर चमत्कारीक रुपमा उनको ज्यान जोगियो । उनका शरिरमा केही सामान्य चोट लागेपनि स्थिती गम्भिर थिएन । सिसिटिभीले यो दुलर्भ दृश्यलाई क्यामेरामा कैद गरेको थियो । अहिले भिडियो संसारभर भाइरल बनेको छ । यसरी दुई तलामाथिबाट खसेर पनि सकुशल रहने भाग्यमानि बालिका हेलेना बिट्राइस् हुन् । उनकी हजुरआमा मारियाका अनुसार झ्याल नजिकैको खाटमाउनी सुतेकी थिइन् । उनी बिहान झन्डै ७ बजेर ३० मिनेट जाँदा उठिन् । लगत्तै झ्यालबाट झरिन् । हजूरआमा मारिया आफ्नी नातिनीलाई परिले बचाएको बताउँछिन् । उनको निधारमा सामान्य चोट लागेको छ । अस्पतालमा चेकजाँचपछि उनी अहिले घर फर्किइसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण