पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता घले नगदसहित सम्मानित
शनिबार, ०२ माघ २०७२, २० : ४१
काठमाडौँ - राष्ट्रिय फुटबल टोलीबाट नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका वाइबी (यमबहादुर) घलेलाई ‘फ्युचरस्टार हाईस्कुल’, जावलाखेलले नगदसहित सम्मान गरेको छ ।
विद्यालयको वार्षिक खेलकुद दिवसका अवसरमा पारेर आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक तथा छैटौँ दक्षिण एसियाली खेलकुद (साफ) अन्तर्गत फुटबलमा स्वर्ण जित्ने टोलीका सदस्य लोकबहादुर शाही र विद्यालयकी प्रधानाध्यापक मञ्जु कार्की लामिछानेले उहाँलाई रु १० हजार नगद र कदरपत्रसहित सम्मान गर्नुभयो ।
करिब १० वर्ष राष्ट्रिय टोलीबाट खेल्नुभएका घलेले सन् १९८२ मा भारतको दिल्लीमा भएको एसियाली खेलकुदको फुटबलमा गरेको गोल नै नेपाली खेलाडीले गरेको पहिलो अन्तर्राष्ट्रिय गोल मानिन्छ । १९८४ मा काठमाडौँमा भएको पहिलो साफको फुटबलमा नेपालले स्वर्ण जित्दा पनि उहाँ टोलीका हिस्सा हुनुहुन्थ्यो ।
अन्ठाउन्न वर्षीय घलेले विश्वकप, ओलम्पिक छनोटलगायत थुप्रै अन्तर्राष्ट्रिय फुटबलमा नेपालको प्रतिनिधित्व गर्नुभएको छ । उहाँ प्रख्यात ‘भिक्टोरिया क्रस’बाट विभूषित स्व गजे घलेका छोरा हुनुहुन्छ ।
विद्यालयको खेलकुद दिवसमा फुटबल, ब्याडमिन्टन, बास्केटबल, टेबलटेनिस र एथलेटिक्सतर्फ जम्मा ३२ स्वर्णका लागि आन्तरिक प्रतिस्पर्धा भएको थियो । विजेतालाई सोही कार्यक्रममा पुरस्कृत गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण