तीन दिनदेखि बालक बेपत्ता, अलमलमा प्रहरी
जलेश्वर – गत बिहाबार साझ करिव ६ बजेदेखि जलेश्वर–१२ मलिवारास्थित बस स्टेण्ड नजिकबाट हराएका नविन पाण्डेयका ११ वर्षीय छोरा निश्चल पाण्डेय अझै सम्पर्कमा आउन सकेका छैनन् । अपहरण गरेको आशंकाको आधारमा १ मोटरसाईकल र ४ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान जारी राखेपनि आईतवार विहानसम्म बच्चाको बारे कुनै जानकारी प्राप्त हुन सकेको छैन । जिल्ला प्रहरीका प्रहरी उपरिक्षक जनक भटटराईले खबर पाउनासाथ सर्च अपरेशन सुरु भएको र शंकाको आधारमा केहि व्यक्तिलाई सोधपुछको लागि नियन्त्रणमा राखिएको जनाउदै चाँडै वच्चा सम्पर्कमा आउने आशा जनाएका छन् ।
यता निश्चलको घरमा छोरा बेपत्ता भएदेखि नै रुवावासी चलेको छ । निश्चलकी आमाको छोराको वियोगमा आँशु अझै थामिएको छैन । विगत केहि दिनमा महोत्तरीका वालवालिका अपहरण र हत्या हुने क्रम वढेकोले समाजमा डर र त्रास फैलिएको अवस्था छ । सीमामा तस्करी फस्टाएसँगै आपराधिक कृयाकलापहरु पनि बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण