यौनहिंसाबाट बच्न महिलाका लागि आत्मरक्षा तालिम
काठमाडौ – ‘ग्लोबल विङ्स’ नामक संस्थाले विगत केही समयदेखि विभिन्न क्षेत्रका महिलाहरुलाई आत्मरक्षाको तालिम दिइरहेको छ । विज्ञ र विशेषज्ञहरुलाई समेत उपस्थित गराएर महिलाहरुलाई संभावित दुव्र्यवहार वा हिंसाबाट कसरी बच्ने भन्ने बिषयमा प्रयोगात्मक तालिम दिइने गरिएको हो । यस्संस्थाले केही समयअघि काठमाण्डौका पत्रकार महिलाहरुलाई धूलिखेलमा सैद्धान्तिक कक्षा दिएको थियो । त्यहाँ सैद्धान्तिक ज्ञान हासिल गरेकाहरुलाई शनिवार काठमाण्डौमा एकदिने प्रयोगात्मक तालिम दिइएको छ । नेपाली सेनाको विशेषज्ञ प्रशिक्षक भीमबहादुर बिष्टले पत्रकार महिला तथा अन्य क्षेत्रका महिलाहरुलाई संभावित दुव्र्यवहारबाट आफूलाई कसरी बचाउने भन्ने बिषयमा तालिम दिए । ग्लोबल विङ्ग्सले आयोजना गर्ने आत्मरक्षा सम्बन्धी तालिममा उनलाई प्रमुख प्रशिक्षकको रुपमा प्रस्तुत गर्ने गरिएको छ । उनले समेत प्रयोगात्मक रुपमै कसरी प्रतिकार गर्ने, आफूलाई कसरी जोगाउने लगायतका बिषयमा उपयोगी टिप्स सिकाउने एक सहभागीले बताइन । शनिवार आयोजित प्रयोगात्मक तालिममा पत्रकार महिला मात्र नभई विभिन्न क्षेत्रका १ सय ५० महिला लाभान्वित भएको आयोजक संस्थाले जनाएको छ । शनिवारको कार्यक्रमको प्रमुख अतिथि पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल थिए । ग्लोबल विङ््ग्सका निर्देशक मोहित बडूले संस्थाले यसअघि एयर होस्टेजका ४५ विद्यार्थीहरुलाई आत्मरक्षाको पूर्ण प्रयोगात्मक तालिम दिएको जानकारी दिए । उनका अनुसार धुलिखेल र काठमाण्डौबाट अब तालिम विस्तार गरी चाँडै पोखरा लगिनेछ । यो तालिमलाई भविष्यमा देशव्यापी बनाइने आयोजक संस्थाले जनाएको छ । ग्लोबल विङ्ग्सको यो अभियानमा पुनम इन्टरटेनमेन्ट, एनबी बैंक, हाइड एण्ड सिक स्कूल, फेमिलियर फाउण्डेसन, सुफर लेस, जिवा स्लिमिङ सेन्टर लगायतका संघसंस्थाहरुको सहकार्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण