सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

गैँडाको आक्रमणबाट किशोरी गम्भीर घाइते

आइतबार, ०३ माघ २०७२, ०९ : ४८
आइतबार, ०३ माघ २०७२

चितवन - चितवन निकुञ्जबाट निस्किएको दुर्लभ एकसिङ्गे गैँडाको आक्रमणबाट आज यहाँ एक किशोरी गम्भीर घाइते भएकी छिन् ।

पश्चिम चितवनको नारायण नगरपालिकामा बाटोमा हिँडिरहेकी किशोरीलाई गैँडाले आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

यसरी घाइते हुनेमा नारायणी नगरपालिका–१ अन्द्रोली बस्ने वर्ष २० कि सीमा कुमाल रहेको प्रहरीले जनाएको छ ।

बाटोमा हिँडिरहेका बेला एक्कासि गैँडाले हानेर उनलाई घाइते बनाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । अहिले उनको भरतपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

गएको एक महिनामै चितवनमा गैँडाको आक्रमणबाट दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप