ट्रापिङ प्रविधिबाट बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ अनुगमन शुरु
आइतबार, ०३ माघ २०७२, ०९ : ५१
बर्दिया -बर्दिया राष्ट्रिय निकुञ्जमा क्यामरा ट्रापिङ९क्यामराबाट तस्बिर खिंचिने० प्रविधिबाट आजदेखि बाघ अनुगमन गर्न थालिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, विश्व वन्यजन्तु कोष नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संयुक्त रुपमा बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग र आसपासका क्षेत्रमा बाघको अनुगमन गरिन थालिएको निकुञ्जले जनाएको छ ।
बाघ अनुगमनका लागि आवश्यक क्यामरा र अन्य उपकरण एवम् स्थलगत सामग्री प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमबाट प्राप्त भएको हो । थलोमा खटिने कर्मचारी तथा प्राविधिकलाई गत पुस २५ र २६ गते आधारभूत तालिम दिइएको निकुञ्जका प्रमुख रमेशकुमार थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण