‘लेटर ग्रेडिङ सिस्टम’मा आधारित प्रवेशिका नमुना परीक्षा सुरु
भक्तपुर - सरकारले प्रवेशिका परीक्षामा यस वर्षदेखि लागू गरेको अक्षराङ्कन प्रणाली बारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी दिने उद्देश्यले आजदेखि यहाँ नमुना प्रवेशिका परीक्षा सुरु भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० भक्तपुरअन्तर्गत रहेका विद्यालयबाट आगामी चैत १८ गतेदेखि सुरु हुने परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि नमुना परीक्षा सञ्चालन गरिएको प्याब्सन भक्तपुरका उपाध्यक्ष श्रीकृष्ण केसीले जानकारी दिए ।
‘लेटर ग्रेडिङ सिस्टम’का बारेमा विद्यार्थी तथा अभिभावक अझै पनि अलमलमा रहेकाले त्यस्तो अलमललाई हटाएर सहयोग पु¥याउने उद्देश्यले जिल्लामा १० परीक्षा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालन गरिएको उनले बताए ।
उपाध्यक्ष केसीले भने ˗ “यो परीक्षा कक्षा १० को टेस्ट वा प्रिएसएलसी होइन, सरकार, विद्यार्थी र अभिभावकलाई सहयोग पुग्ने गरी लेटर ग्रेडिङ प्रणालीको नमुना एसएलसी परीक्षा मात्रै हो ।”
त्यसैगरी राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एन प्याब्सन) भक्तपुरले पनि यही माघ १४ गतेदेखि यस्तै परीक्षा सञ्चालन गर्ने भएको एन प्याब्सन भक्तपुरका अध्यक्ष जिबी खड्काले जानकारी दिए । उनले भने – “यो परीक्षाले परीक्षार्थीको मनमा रहेको लेटर ग्रेडिङको हाउगुजी हट्छ र आगामी एसएलसी परीक्षा दिन उनीहरुलाई सजिलो हुन्छ ।”
इसान भक्तपुरले पनि इसानअन्तर्गत रहेका विद्यालयका विद्यार्थीका लागि यस्तो परीक्षा सञ्चालन गरेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण