ग्यास चुहिएर आगलागी हुँदा दुईको मृत्यु
आइतबार, ०३ माघ २०७२, ०९ : ५९
भक्तपुर - खाना पकाउने ग्यास चुहिएर मध्यपुरथिमि नगरपालिका– १ लायकुमा एक जनाको मृत्यु भएको छ ।
गए राति आगलागी हुँदा ८८ वर्षीय कान्छा सिपाईको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो । घरको तेस्रो तलामा बनाइएको कच्ची टहरामा रहेको भान्छा कोठामा ग्यास चुहिरहेको अवस्थामा सिपाईले ग्यास बालेलगत्तै आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । जलेकी महिलाको मृत्यु गौशाला – महोत्तरीको जलेश्वरमा २३ दिनअघि ग्यास चुहिएर पूरै जिउ जलेकी एक महिलाको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका– २ बस्ने ३५ वर्षीया दिव्यादेवी पूर्वे रहेको परिवारजनले जनाएका छन् । गतपुस १० गते साँझ घरमा खाजा पकाइरहेको क्रममा ग्यास चुहिएर शरीरको ७० प्रतिशतभन्दा बढी भाग जलेर गम्भीर घाइते भएकी पूर्वेको उपचार भारतको पटनास्थित अस्पतालमा भइरहेकामा आज बिहान ५ बजे मृत्यु भएको निजका पति सञ्जय साहले बताउनुभयो । सो आगलागीमा परी ४० वर्षीय सञ्जय साह र जलेश्वर १४ बस्ने १६ वर्षीय कामदार कुन्दन चौधरी पनि घाइते भएका थिए । उनीहरुलार्य भने उपचारपछि निको भएको छ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण