सिंहदरबारमा कार्यदलको बैठक जारी : सहमति होला आज ?
काठमाडौ – प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच गठन भएको कार्यदलको बैठक सिंहदरबारमा शुरु भएको छ । कार्यदलको यो सातौं बैठक हो । मधेशी मोर्चाले राजनीतिक संयन्त्र बनाएर सिमांकनको विवाद टुग्यांउन मानेपछि सहमतिको वातावरण सकारात्मक मोडमा गएको छ । यसअघि तीन दलले पटक–पटक राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र सीमांकनको विषय टुग्यांउन प्रस्ताव गरेपछि त्यसलाई मधेशी मोर्चाले त्यसलाई अस्वीकार गर्दै आएको थियो । राजनीतिक संयन्त्र वा समितिको विश्वासिलो आधार तयार नभए वा त्यसको कार्यविधि (टीओआर) तयार नभएसम्म त्यसलाई नमान्ने अडान लिँदै आएका थिए । त्यसपछि तीन दलले राजनीतिक संयन्त्रलाई संसदबाट अनुमोदन गराउने, त्यसका लागि टीओआर बनाउने, विगतमा भएका अध्ययन प्रतिवेदनलाई पनि सन्दर्भ समाग्रीको रुपमा प्रयोग गर्ने स्वीकार गरेपछि मात्र मोर्चाले राजनीतिक संयन्त्र बनाउन तयार भएको हो । संयन्त्रको विश्वासिलो आधार के हुनसक्छ, यसले के के काम गर्ने, यसको कार्यविधि के हुनेलगायतका विषयमा आजको बैठकमा छलफल हुने काँग्रेसका नेता महेश आचार्यले बताए । मधेशी मोर्चासँग आजै सहमति हुने कुरा गरेपनि मोर्चाका नेताहरुले सहमति हुने कुनै त्यस्तो आधार तयार नभएको बताउँछन् । तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले तीन दलले सकारात्मक कुरा गरेपनि त्यसमा अहिले नै विश्वास गरी हाल्ने अवस्था नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण