रङ्गेली घटना : माग पूरा नभएसम्म मोर्चाले कार्यकर्ताको शव नबुझ्ने
विराटनगर - संयुक्त मधेसी लोकतान्त्रिक मोर्चा मोरङले रङ्गेली घटनाको सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ ।
आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मोर्चामा आवद्ध सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले मृतकलाई सहिद घोषणा, क्षतिपूर्ति, घाइतेको उपचार र सद्भावना पार्टीका केन्द्रीय सदस्य दिलीप घाडेवामाथि विराटनगरमा साङ्घातिक आक्रमण गर्नेमाथि ज्यान मार्ने अभियोगअन्तर्गत मुद्दा दर्ता हुनुपर्ने माग पनि अघि सारे ।
उनले यी माग पूरा नभए बिहीबार रङ्गेलीमा प्रहरीको गोलीबाट मृत्यु भएका मोर्चाका तीन कार्यकर्ताको शव नबुझ्ने बताए ।
घटनामा गोली लागेर गम्भीर घाइते भएका सात जनामध्ये जगन्नाथ साह र विक्रम सहनीको अवस्था चिन्ताजनक रहेको र उनीहरुको उपचार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । तमलोपाका जिल्ला अध्यक्ष मोहम्मद कादिरले प्रशासनको कमजोरीका कारण घटना भएकाले सम्बन्धित अधिकारीले माफी माग्नुपर्ने माग राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण