कर शिक्षा सचेतना अभियान
भक्तपुर–मध्यपुर थिमि नगरपालिकाले चालु आव २०७२/७३ लाई कर शिक्षा सचेतना अभियानका रुपमा घोषणा गरेको छ ।
नगरपालिकाको आन्तरिक आयस्रोत बढाउन चालु आवभित्र व्यवसाय दर्ता तथा करसम्बन्धी व्यापक प्रचारप्रसार गर्ने र नगरवासीमा कर सचेतना अभिवृद्धि गर्ने उद्देश्य सो अभियानको छ । नयरपालिकाभित्र सञ्चालित हजारौँ व्यवसाय, पसल, कार्यालय तथा सङ्घसंस्था अझै पनि दर्ता नभएकाले सचेतना जगाई व्यवसाय दर्ता गराउने अभियानको मुख्य उद्देश्य रहेको कार्यकारी अधिकृत भूपेन्द्र सापकोटाले बताए ।
अहिले नयरपालिकाको मुख्य आयस्रोतका रुपमा घर जग्गा कर तथा नक्सा पास दस्तुर छन् । उनले स्थानीय व्यवसायीलाई व्यवसाय दर्ताको दायरामा ल्याउन कर शिक्षासम्बन्धी तीन चरणमा कार्य गर्ने योजना रहेको बताए । व्यवसायबाट उठेको राजस्वलाई अधिकभन्दा अधिक नगरभित्रकै विकास निर्माण कार्यमा खर्चिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण