साउदी अरब नेतृत्वको यमनमा जारी कारबाही रोकिने, अमेरिकाद्वारा स्वागत
शनिबार, ०६ चैत २०७२, १० : ४५
साना– साउदी अरब तथा यमनका आदिवासीहरुको मध्यस्थतापछि विगत एक वर्षदेखि साउदी अरब नेतृत्वको सुरक्षाफौजद्वारा यमनी विद्रोही विरुद्ध जारी राख्दै आएको कारबाहीलाई संयुक्त राज्य अमेरिकाले शुक्रबार स्वागत गरेको छ ।
अन्तिम चरणमा पु¥याएको भनी दिएको अभिव्यक्तिको अमेरिकाले ठूलो सङ्ख्यामा मृत्यु भएको जनाउँदै चासो व्यक्त गरेपछि यसलाई संयुक्त राष्ट्रसङ्घले यसअघि जस्तै पुनः साउदी अरबको ध्यानाकर्षण गरेको थियो ।
यमनमा जारी साउदी कारबाहीमा निर्दोष नागरिकको ज्यान गएको तथा उनीहरु विस्थापित हुनु परेको कुरालाई ह्वाइट हाउसले स्वागत गरेको ह्वाइट हाउसका प्रवक्ता जोस अर्नेस्टले बताए ।
साउदी नेतृत्वको संयुक्त सुरक्षाफौजका प्रवक्ता तथा ब्रिगेडियर जनरल अहमद अल असिरीले एएफपीसँगको वार्तामा संयुक्तफौजको कारबाही लडाइँको अन्तिम चरणमा भएको बताउनुभएको सन्दर्भलाई उद्धृत गर्दै ह्वाइट हाउस प्रवक्ता अर्नेस्टले बताए ।
सन् २०१५ को मार्चमा साउदी नेतृत्वको संयुक्र सुरक्षाफौजले यमनी राष्ट्रपति अवेद्रावो मन्सुर हादीको सरकारलाई सघाउँदै यमनी विद्रोही विरुद्धको कारबाही सुरु गरेको थियो ।
विद्रोहीले यमनी राजधानी सानासहित ठूलो भूभागमा कब्जा जमाएपछि साउदी नेतृत्वको सुरक्षाफौजले हादी सरकारलाई सहयोग गर्न सुरु गरेको थियो ।
साउदी नेतृत्वको कारबाहीपछि यमनी हुठी विद्रोहीद्वारा स्वदेश तथा सीमा पारलाई लक्षित गर्दै प्रतिरक्षा गर्ने क्रममा सैन्य, अर्धसैन्य तथा सामान्य नागरिक साउदीतर्फका ९० जनाको मृत्यु भएको थियो भने सयौँ यमनी नागरिकको पनि मृत्यु भएको छ ।
सीमा क्षेत्रमा द्वन्द्वका कारण निर्दोष नागरिकको मृत्यु जारी रहिरहँदा उक्त इलाकामा आदिवासी नेताद्वारा गरिएको मध्यस्थतामा अहिले शान्तिको आभाष मिलेको विश्लेषक अलानीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण