सेक्स टेप प्रकरणमा रेस्लर हल्क होगनलाई १२ अर्ब क्षतिपूर्ती
शनिबार, ०६ चैत २०७२, १४ : ०२
काठमाडौं – चर्चित रेस्लर हल्क होगनको सेक्स टेप सार्वजनिक गरेबापत गकर वेभसाइटले १ सय १५ मिलियन डलर क्षतिपूर्ती तिर्नु पर्ने भएको छ । फ्लोरिडाको अदालतले होगनको पक्षमा फैसला गर्दै गसिप समाचार प्रकाशित गर्ने अनलाइनविरुद्ध सो क्षतिपूर्ती रकम तिर्न फैसाला गरेको हो ।
होगनको वकिलहरुले न्युयोर्कको बेभसाइटले उनको व्यक्तिगत जीवनमाथि धावा बोलेको आरोप लगाएका थिए । प्रेस स्वतन्त्रता र सेलिब्रिटीको व्यक्तिगत जीवनबीच बहस भएकाले यो मुद्दालाई धेरैले नजिकबाट निहालेका थिए । गकर वेभसाइटले होगन सार्वजनिक महत्वका व्यक्ति भएकाले सो टेप व्यक्तिगत मात्र नहुने तर्क गरेको थियो ।
सन् २०१२ मा सार्वजनिक भएको उक्त भिडियोमा होगन र उनको साथीको श्रीमतीबीचको यौनक्रियाकलाप देखाइएको छ ।
गकर वेभसाइटका संस्थपक निक डेन्टन र पत्रकार एजे डाउलेरियोलाई यस मुद्दामा दोषी ठहर गरिएको छ । कम्पनीले यस फैसलाविरुद्ध अपिल गर्ने जनाइसकेको छ ।
होगन, जसको वास्तविक नाम टेरी बोलेया हो, सन् १९८० र ९० को दशकमा चर्चित रेस्लर थिए । तर, पछिल्लो समय उनी निकै विवादीत रहँदै आएका छन् । रंगभेदी प्रतिक्रिया दिएको भन्दै रेस्लिङ कम्पनी वल्र्ड रेस्लिङ इन्टरटेनमेन्टले गत जुलाईबाट उनीसँगको सम्बन्ध रद्द गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण