शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ज्वेलरी काउन्सिल र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रबीच सम्झौता

आइतबार, ०७ चैत २०७२, १२ : ५१
आइतबार, ०७ चैत २०७२

काठमाडौं–नेपाल जेम एण्ड ज्वेलरी काउन्सीलको आयोजनामा आगामी जेठ ७ देखि ९ सम्म काठमाडौमा नेपाल ईन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो २०१६ लाई सफल पार्न नेपाल सरकार व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल जेम एण्ड ज्वेलरी काउन्सीलका बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक ईश्वरी घिमिरे र काउन्सीलका तर्फबाट मेला संयोजक रमेश महर्जनले हस्ताक्षर गरेको परिषदले जनाएको छ । मेलामा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका जेम एण्ड ज्वेलरीको सहभागिता रहने उक्त मेलामा झण्डै ६० भन्दा बढी स्टल रहने छ । उक्त मेला नेपाल हस्तकला महाँसंघ, सुन चाँदी व्यवसायी महाँसंघ र नेपाल रत्न तथा आभुषण महाँसंघले संयुक्त रुपमा काठमाडौंको होटल याक एण्ड यतिमा आयोजना गर्न लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप