नवलपरासीमा पचहत्तर जना एचआइभी सङ्क्रमितको मृत्यु
सोमबार, ०८ चैत २०७२, ११ : ०९
नवलपरासी - नवलपरासीमा हालसम्म फेला परेका एचआइभी सङ्क्रमितमध्ये ७५ जना सङ्क्रमितको मृत्यु भइसकेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
नवलपरासीमा एचआइभी सङ्क्रमितको क्षेत्रमा काम गर्ने मुख्य संस्था लुम्बिनी प्लस र सहभागी संस्थाले संयुक्तरुपमा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको तथ्याङ्कअनुसार एचआइभी सङ्क्रमित मृत्यु हुनेको सङ्ख्या ७५ रहेको जनाइएको छ । दुवै संस्थाले एचआइभी सङ्क्रमितका लागि उपचार सेवा, हेरचाह तथा सेवा प्रदान गरिरहेका छन् ।
कुल ५७० जना पहिचान भएका सङ्कमितमध्ये ३१ जना नयाँ पहिचान भएका छन् । कार्यक्रममा दिन प्रतिदिन बढ्दै गएका एचआइभी सङ्क्रमितको सङ्ख्या न्यूनीकरणका लागि सबै सरोकारवाला निकाय र व्यक्तिको सहकार्यमा जोड दिइएको थियो ।
जिल्लामा एचआइभी सङ्क्रमितमा पुरुषभन्दा बढी महिलाको सङ्ख्या रहेको छ भने ६२ वटा श्रीमान् र श्रीमतीको जोडीसमेत सङ्क्रमित रहेको तथ्याङ्क छ । एचआइभी सङ्क्रमितमध्ये १५ वर्षमुनिका १६ जना बालक र १६ जना बालिका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण