उत्तर कोरियाले समात्यो रुसी डुङ्गा
प्योङयाङ - उत्तर कोरियाको जलसेनाले रुसी डुङ्गालाई जापानको समून्द्री क्षेत्रबाट पक्राउ गरेको छ । रुसी विदेश मन्त्रालयले जनाएअनुसार यस डुङ्गामा ५ जना चालकहरु बसेका थिए । उनीहरु दक्षिण कोरियामा भएको एक प्रतियोगितामा भाग लिएर फर्कदै थिए ।
रुसी कूटनीतिज्ञहरुले डुङगा चालकहरुको तत्काल रिहाईको माग गरेका छन् । उत्तर कोरियासँग मैत्रिपूर्ण सम्बन्ध राम्रो थोर राष्ट्रहरुमध्ये रुस एक हो ।
इल्फिन डुङ्गा दक्षिण कोरियाको बुसानस्थित तटीय क्षेत्रबाट रुसको भ्लाडिभोस्टोक जादैँ थियो । तर उत्तर कोरियाली सेनाले उसलाई १ सय ३० किलोमिटर यात्रा तय गर्नासाथ शुक्रबार पक्राउ गरेको रुसी विदेश मन्त्रालयले जनाएको छ ।
यस डुङ्गालाई उत्तर कोरियाको तटीय क्षेत्र किमचाइकमा लगिएको र चालकदल कुनै खतरामा नरहेको विदेश मन्त्रालयले जनाएको छ । रुसी काउन्सूलर जनरलले अहिले त्यस क्षेत्रको भ्रमण गर्नका लागि अनुमति कुरेर बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण