एक सय ७८ वर्षपछि पुनः देखियो चरा
चितवन - चितवनमा १७८ वर्षपछि सिम्रिक कामे लियो सिल्ला नामको चरा भेटिएको छ ।देशमा लोप भएको सूचीमा रहेको यो चरा वर्ड एजुकेसन सोसाइटी र नेपाल पक्षीविद् सङ्घको टोलीले दाहाखानीको चिसापानी टारमा फेला पारेको हो ।
वर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष वासु बिडारीका अनुसार १७८ वर्षअघि विदेशीले नेपालमा चरा सङ्कलन गर्ने क्रममा यो जात देखिएको भए पनि त्यसयता नदेखिएपछि लोप भएको सूचीमा राखिएको थियो ।
चाचरे प्रजातिको रातो रङ्गको यो चरा पुनः देखिएसँगै जिल्लामा चराको प्रजाति ६३१ पुगेको उहाँले बताउनुभयो । नेपालमा ८७८ प्रजातिका चरा पुगेका छन् ।
खोजीकार्यमा पक्षीविद् डा हेमसागर बराल, नेपाल पक्षीविद् सङ्घका पूर्वी क्षेत्र संयोजक बद्री चौधरीलगायत सहभागी हुनुहुन्थ्यो । सोसाइटी र नेपाल पक्षीविद् सङ्घले नयाँ जातको चराको खोजीकार्यलाई तीव्रता दिँदै आएको छ ।
चितवनमा चराको अवलोकनका लागिसमेत विदेशी पर्यटक आउने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जमा प्रशस्त मात्रामा चरा देख्न पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण