शिक्षकबाट ४० हजार घुस लिँदा अख्तियारको फन्दामा
सप्तरी– सप्तरीका एकजना शिक्षकलाई सरुवा गराइदिने बहानामा जिल्ला शिक्षा कार्यालयको प्राविधिक सहायक वीरेन्द्र कुसियैत यादवलाई रु ४० हजार नगद घुससहित अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीबाट प्रहरी नायब उपरीक्षक ९डिएसपी० रमेशकुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले राजविराज–८ स्थित एक घरमा यादवलाई रु ४० हजार घुससहित रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।
शिक्षकलाई सप्तरीबाट धनुषा सरुवा गराइदिने भन्दै घुस लिएको आरोपमा यादवलाई पक्राउ गरिएको बताइएको छ । घुसको सूचना दिने र सरुवा गराउने शिक्षकको नाम भने अख्तियारले गोप्य राखेको छ ।
पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीमा आज लगिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।
यस्तै डेढ महिना अगाडि सप्तरीमा अख्तियारको टोलीले मोटरसाइकलको दुर्घटना मिलाइदिने भन्दै रु ४० हजार घुससहित एकजना प्रहरी निरीक्षकलाई पक्राउ गरेको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण