रोनाल्डो चम्कन नसक्दा रोकियो पर्चुगल
पेरिस — क्रिस्टियानो रोनाल्डोले पाएका अवसरहरुको सदुपयोग गर्न नसक्दा पोर्चुगल नवप्रवेशी आइसल्याण्डसँग बराबरीमा रोकिएको छ । समूह एफ अन्तरगतको खेलमा पोर्चुगललाई १—१ को बराबरीमा रोक्दै आइसल्याण्डले महत्वपूर्ण अंक बटुल्न सफल रह्यो ।
जाइल्फी सिगर्डसनले आइसल्याण्डलाई शुरुमै अग्रता दिलाउन सक्थे तर उनको प्रहारलाई पोर्चुगलका गोलकिपरले बचाउ गरे । त्यसपछि नानीले पोर्चुगललाई अग्रता दिलाए पनि बिर्किर जारनासनले गोल गर्दै खेल बराबरीमा ल्याए ।
रियलसँग च्याम्पियन्स लिग जितेर आएका रोनाल्डोले हिजोको खेलमा भने कुनै लयमा देखिएनन् । उनले कम्तिमा तीनवटा सुन्दर अवसर गुमाएका थिए ।
बरु उनले आइसल्याण्डले धेरै डिफेन्डिङ गरेको भन्दै आलोचना समेत गरेका छन् ।
१२७ खेल खेल्दै उनले पोर्चुगलका लागि सबैभन्दा बढी खेल खेल्ने लुइस फिगोको किर्तिमान बराबर गरे ।
उता, १० खेलाडीमा सिमित अस्ट्रिया हंगेरीसँग २—० ले पराजित भएको छ ।
अस्ट्रियाले खेलको २८ सेकेण्डमा गोल गर्ने अवसर पाए पनि डेभिड अलाबाको प्रहार पोस्टमा लागेको थियो ।
एडम साज्लाईले हंगेरीलाई अग्रता दिलाए भने जोल्टान स्टीबरले अग्रता दोब्बर बनाए ।
अस्ट्रियाका अलेक्सान्डर ड्रागोविच दुई वटा पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण