ब्राजिलका प्रशिक्षक डुंगा बर्खास्त
बुधबार, ०१ असार २०७३, ०७ : २३
ब्रासिलिया — कोपा अमेरिकाबाट अप्रत्यासित रुपमा समूह चरणबाटै ब्राजिल बाहिरिएपछि प्रशिक्षक डुंगा बर्खास्त बनेका छन् ।
सन् १९९४ मा ब्राजिललाई विश्वकपको उपाधि दिलाएका डुंगा सन् २०१४ मा दोस्रो पटक टोलीका प्रशिक्षक नियुक्त भएका थिए ।
तर, उनको टोली पेरुसँग पराजित हुँदै सन् १९८७ पछि पहिलो पटक कोपा अमेरिकाको समूह चरणबाट बाहिरिएको थियो ।
५२ वर्षीय डुंगा यसअघि सन् २००६ देखि २०१० मा ब्राजिलका प्रशिक्षक थिए । त्यतिबेला ब्राजिलले सन् २००७ को विश्वकपको उपाधि जितेको थियो ।
उनको स्थानमा कोरिन्थियन्सका प्रशिक्षक टिटे आउने अनुमान गरिएको छ । उनले क्लबलाई सन् २०११ र १५ मा ब्राजिलियन लिगको उपाधि दिलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण