माइक्रोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आइतबार, १२ असार २०७३, १० : ४९
राजविराज - पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–७ मा आईतवार सडक दुर्घटना हुँदा एक जनको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अनटेस्ट माईक्रोले विपरित दिशाबाट आउदै गरेको स७प ८६ नम्वरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक जिल्लाको वकधुवा ४ का ३५ वर्षिय मफरोज मिँयाको मृत्यु भएको हो ।
दुर्घटनामा घाईते भएका मियाँको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने माईक्रो भ्यान र चालक सुनसरीको ईनरुवा ९ निवासी दिपेन्द्र कट्वाल जिल्ला टूाफिक प्रहरी कार्यालय शम्भुनाथको नियन्त्रणमा रहेको ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण