श्रीमतीलाई आगो लगाई फरार अभियुक्त १७ वर्षपछि पक्राउ
काठमाडौँ - श्रीमतीलाई आगो लगाई हत्या गरेर फरार रहेका अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् ।
विसं २०५६ पुस १६ गते रातको समयमा कोटेश्वरस्थित आफ्नै घरमा ‘नवराज नगरकोटी’ भन्ने नवराज श्रेष्ठले मादकपदार्थ सेवन गरी आफ्नै श्रीमती रिना श्रेष्ठको शरीरमा मट्टीतेल खन्याई आगो लगाउँदा घाइते भई उपचारका लागि शिक्षण अस्पतालमा लगिएकामा पुस १८ गते उनको मृत्यु भएको थियो ।
कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय भएका श्रेष्ठलाई ललितपुर इमाडोलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असार १० गते पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको ब्युरोले जनाएको छ ।
मृतकको आमा शान्ति श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी श्रेष्ठ भएको कर्तव्य ज्यान मुद्दामा काठमाडौँ जिल्ला अदालतले श्रेष्ठलाई सफाइ हुने गरी गरेको विसं २०५८ असार ७ गतेको फैसलालाई पुनरावेदन अदालत पाटनको २०६२ कात्तिक ६ गते सर्वस्वसहित जन्म कैदको सजाय हुने गरी फैसला सुनाएको थियो ।
फैसलापश्चात फरार रहेका प्रतिवादी श्रेष्ठ २०६३ सालमा वैदेशिक रोजगारको लागि मलेसिया गई २०६६ सालमा नेपाल फर्केको र पुनः अर्को विवाह गरी बालकुमारीमा लुकिछिपी बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण