आयरल्याण्डविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै फ्रान्स क्वाटरफाइनलमा
पेरिस — एक गोलले पछि परेको अवस्था उल्टाउँदै आयोजक फ्रान्सले रिपब्लिक अफ अयारल्याण्डलाई पराजित गर्दै युरो २०१६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । एन्टोनी ग्रिजम्यानको दुई गोलको मद्दतले फ्रान्सले आयरल्याण्डलाई पराजित गरेको हो ।
तर, आश्चर्यजनकरुपमा फ्रान्स खेलको दोस्रो मिनेटमा नै पछि परेको थियो । पाउल पोग्बाले सेन लङलाई लडाएपछि आयरल्याण्डले पेनाल्टी पायो । जसलाई रोबी ब्राडीले सजिलै गोलमा परिणत गरे । पहिलो हाफ प्रतिस्पर्धात्मक बनेपनि फ्रान्सले कुनै गोल गर्न सकेन ।
खेलको दोस्रो हाफमा भने फ्रान्सले उत्कृष्ट शुरुवात गर्यो । खेलको ५७ औं मिनेटमा ग्रिजमानले खेल बराबरीमा ल्याए । त्यसको चार मिनेटपछि उनले फेरी अर्को गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए ।
६६ औं मिनेटमा सेन डफी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आयरल्याण्ड १० खेलाडीमा सिमित बन्यो । त्यसपछि फ्रान्सले निरन्तर रुपमा आयरल्याण्डको पोस्टमा आक्रमण गरे पनि गोल गर्न सकेन । ग्रिजम्यानले ह्याट्रिक पूरा गर्ने थुप्रै अवसर गुमाए ।
अब फ्रान्सले इंग्ल्याण्ड र आइसल्याण्डबीचको विजेतासँग भिड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण