राजदुताबासको कार्यक्रममा किन रोइन् कल्पना ?
युएर्इ–एउटा डेक्समा अधबैश्य महिला हुक्क हुक्क गर्दै राेइरहेकी हुन्छिन्......., अाडैमा बसेकी एक सामाजिक अभियान्ता दिब्या शुब्बा खाडीमा घरेलु महिला कामदारहरूको समस्याको बारेमा बेलिरहेकी हुन्छिन्।
तलब नदिएको पनि चार महिना भै सक्यो। न घर जान दिन्छ, नत यहाँ काम गरेर यहाँ बस्न नै पार्इन्छ। कहिले स्कुलमा दिनमा १ घन्टा त कहिले घरमा काम गर्छु बिना पैसा। घर जाउँ पास्पोर्ट छैन।न त टिकट काट्ने पैसा, म के गरूँ ?
माथीका यी भनार्इ कुनै काल्पनिक कथा हैन। सर्बदेउ,४ त्रिशुलीकी ४३ बर्षिय कल्पना नगरकोटीको अावाज हो। गत शुक्रबार राजदुताबास युएर्इको अायोजनामा अलएेनमा भएको अन्तरक्रिया कार्यक्रम उनको समस्या बाहिरिएको हो। तीन छोरीकी अामा कल्पना अार्थिक समस्याले गर्दा खुशी परिवारलार्इ छोडेर परदेश अाएकी थिर्इन्। यहाँ पनि कम्पनीको लापरभार्इले गर्दा अाफ्नो बिछोडिएको परिवारलार्इ सुखी राख्न सकिनन्। नेपाल गए पनि सरकारले खाडी मुलुकमा जाने घरेलु महिला कामदार हरूको श्रम स्वीकृतीमा प्रतिबन्ध लगाएकोले झनै समस्या बढेको बँतार्इन्।
कल्पना मात्र नभए लखनपुर, ४ रामेछापकी शान्ता श्रेष्ठको समस्या पनी उस्तै छ। घरमा दिनको १ घन्टा काम गरेर तीन महिना सम्म पनि तलब नपाएको उनले बँतार्इन्। कम्पनीले कहिले स्कुल त कहिले अरबीको घरमा काम गर्न पठाउने गर्छ। बस्न सुबिधा भए पनि तलब नदिएको महिनाै बित्दा खाना समेत समस्या भएको उनले कार्यक्रममा बँतार्इन्।
युएर्इको अलएेनमा रहेको एक प्रतिष्ठित किलनिङ् कम्पनीमा तीन बर्ष अघि रोजगारीको शिलशिलामा अाएका उनीहरूले समयमै तलब नपाउदा अाफु मात्र हैन, घर परिवार समेत बिचल्लीमा परेका छन्।
कम्पनीसँग महिनाको एक हजार दिराम अर्थात् २९ हजार रूपैया (अन्दाजी) बराबरको पारिश्रमिक सम्झाैता गरी मुगल म्यानपावर नयाँ बानेश्वर काठमाडाैबाट प्रति ब्याक्ति एक लाख दश हजार रूपैया बुझाएर उनीहरू युएर्इ छिरेका थिए।
नेपाली राजदुताबास युएर्इको कार्यबाहक महामहिम राजदुत नेत्र बहादुर टण्डनको प्रमुख अाथित्यमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा अलएेनमा कार्यरत बिभिन्न संघसस्थाका प्रतिनिधि, समाजसेवी, ,बुद्दिजिबी,ब्याबसायी,पत्रकार र नेपाली कामदारहरूको उल्लेखनिय उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण