सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

हिमाली भेगमा सौगात र कमलीको मस्ती

बिहीबार, ०९ मङ्सिर २०७३, २० : १५
बिहीबार, ०९ मङ्सिर २०७३

काठमाडौ – गाउँ र शहरका कथामा थुप्रै नेपाली चलचित्र बनेका छन् । तर हिमाली भेगका कथा चलचित्र देख्न पाइएको छ । चलचित्र ‘शब्द’ले भने हिमाली भेगको कथा उठाएको छ । पौष २९ गते रिलिज हुने यो चलचित्र कास्कीको सिकलेस गाउँमा छायांकन गरिएको छ । समाजमा विद्यमान परम्परा, चनलचल्तीका प्रेम र मित्रताबाट आदि बिषयमा उठाएको यो सन्तोष शिवाकोटीले निर्देशन गरेका हुन् । चलचित्रमा सौगात मल्ल , कमली वाईवा, अनुभव रेग्मी र वसिन भट्टराईलगायतको अभिनय समेटिएको छ । छिरिङ दोर्जे लामाले निर्माण, यम थापाको लेखन रहेको चलचित्रमा राजनराज शिवाकोटी र सुरेश गैरेको संगीत रहेको छ । चलचित्रले गीत तथा ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा चलचित्रका मुख्य अंश समेटिएका छन् भने गीतमा सौगातले कमलीसँग रोमान्स गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप