सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

छाला बाहिर देखापर्ने डल्ला के हुन् ? कसरी बच्ने ? विशेषज्ञ यसो भन्छन्

शनिबार, ०९ पुस २०७३, १२ : १२
शनिबार, ०९ पुस २०७३
शरीरमा वा छालामा विभिन्न प्रकारका मासुका डल्ला देखापर्दछन् । यसरी देखापर्ने डल्लाहरु कतिपय छाला बाहिरबाट उत्पादित हुन्छन् त कतिपय शरीरको भित्री भागबाट नै देखा पर्छन् । यसरी देखापर्ने मासुका डल्लालाई स्किन ट्युमर पनि भनिन्छ । छाला बाहिरबाट पलाएको मासुको डल्ला भन्दा छालाभित्रबाट पलाएको मासुका डल्ला बढी जोखिमपूर्ण हुन्छन् । यस्तो समस्या किन देखापर्छ र कसरी बच्ने ? जनरल सर्जरी विशेषज्ञ डा. प्रभात झाले यसको कारण खुलाएका छन्ः शरीरका मासुका डल्ला देखापर्ने कारणः १. शरीरमा मासुका डल्ला यही कारणले नै आउँछन् भन्ने छैन । तर अधिकाशंमा दीर्घ रोग (चिनी रोग, मृगौला, दम आदि) लागेका व्यक्तिमा यस्तो समस्या देखा पर्न सक्छ । २. हर्मोनको गडबडी । ३. रक्तसञ्चार प्रक्रियामा बाधा हुँदा । ४. वंशाणुगत गुण । यस्ता मासुका ढल्ला देखिनु जोखिमः छालाको बाहिरी भागबाट मात्र देखा परेका मासुका ढल्ला त्यति हानिकारक हुँदैनन् । यस्ता गाँठा वा डल्ला ९० प्रतिशत आफै निको हुन्छन् । तर भित्री मासुबाटै पलाएका ढल्लाहरुको बेलैमा उपचार गरिएन भने क्यान्सर लगायतका गम्भीर रोग देखा पर्न सक्छन् । कसरी थाहा पाउने छालभित्र वा बाहिरबाट पलायो डल्ला ? अधिकांश ढल्ला छाला भित्रबाट नै पलाए जस्तो देखिन्छन् । छालाभित्र वा बाहिर दुवै भागबाट पलाएका डल्ला उस्तै प्रकृतिका देखिन्छन् । यस्ता डल्लालाई सामान्य व्यक्तिले छुट्ट्याउन नसक्ने भएकाले तुरुन्त चिकित्सकको सल्लाहा लिनुपर्छ । छाला बाहिरबाट देखा पर्ने धेरै ढल्लाहरु भनेको मुसा हो । सामान्यतया हात, खुट्टा, घाँटीको वरिपरि वा बढी छाला खुम्चिने भागमा मुसा देखापर्छ । मुसा हर्मोनको वृद्धिका कारणले पनि आउने भएकाले निश्चित समय पुगेपछि आफै ठीक हुन्छन् । तर शरीरभित्र बोसो जमेर वा कुनै दीर्घ रोगको लक्षणका रुपमा आएका र यस्ता ढल्लाले दुख्ने, घोच्ने वा पोल्ने नगरे पनि परीक्षण गराई समयमै समस्याको समधान गर्नुपर्छ । डल्ला हटाउनका लागि भन्दै डल्लाहरुलाई कोट्याउने, काट्ने वा जथाभावी औषधी प्रयोग गर्नु हानिकारक हुन्छ । यस्ता कुरामा सधैँ सचेत हुनुपर्छ । यस्ता कार्य गरे यो समस्या कम हुन्छः शरीरलाई सधैँ चलायमान वा सक्रिय राख्ने, तौल नियन्त्रण गर्ने, धूमपान, मध्यपान नगर्ने, खानपानमा ध्यान दिनुका साथै विलाशी जीवनशैली नअपनाउँदा यस्ता समस्याबाट छुट्कारका पाउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप