उमेर हद तोकेर त्रिविले गम्भीर भूल गर्यो : नेविसंघ
काठमाडौँ – सत्ता साझेदार नेपाली काँग्रेसको भातृ संगठन नेपाल विधार्थी संघले स्ववियू निर्वाचनमा उमेरको हद तोकेर त्रिभुवन विश्वविद्यालयले गम्भीर भूल गरेको आरोप लगाएको छ ।
नेपाल विद्यार्थी संघका उपाध्यक्ष सागर परियारले मिश्रीत निर्वाचन प्रणाली र उमेरको हद तोकेर गरिने स्ववियू निर्वाचनमा भाग नलिने र जबरजस्ती गर्न खोजे प्रतिकारमा उत्रिने चेतावनी समेत दिए ।
काठमाडौंमा बिहिबिार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै संघकी अर्की उपाध्यक्ष उर्मिला थपलियाले विद्यार्थीहरुको हक, हितमा काम गर्ने स्ववियूको निर्वाचनमा उमेर हद तोक्नुको कुनै तुक नरहेको उल्लेख गरिन् ।
त्यस्तै नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाण्डौँका सभापति मनोज वैद्यले उमेर हद तोकेर त्रिभूवन विश्व विद्यालयले स्ववियू निर्वाचन गर्ने सपना देखेको छ भने त्यो दिवा सपना मात्रै हुने जिकीर गरे ।
त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियू निर्वाचनको मिति घोषणा गरि सकेको छ ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी निर्वाचनको तयारीमा जुटिसकेको छ भने एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले निर्वाचनको कार्यतालिका तत्काल घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई दवाव दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण